बुटवल, १६ चैत । सम्भाबित कोरोना भाइरसका बिरामी लाई उपचार गर्न बुटवलको धागो कारखानामा निर्माण गरिएको कोरना विषेश अस्पतालमा एक युवकको मृत्यु भएको छ । रुपन्देहीको सैनामैना बस्ने ३३ वर्षका युवकको मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले जानकारी दिए । पाल्पा रिब्दीकोट स्थायी घर भई हाल सैनामैना बस्ने युवा चैत ६ गते संयुक्त अरब इमिरेट्स (युएई) बाट काठमाडौं आएका थिए । अर्कोदिन उनी चैत ७ गते बस चढेर रुपन्देहीको सैनामैना पुगेका थिए । ज्वरो आएपछि स्थानीय मेडिकल हलमा चेकजाँच गराएका उनलाई चैत १३ गते लुम्बिनी प्रादेशिक अस्पताल अन्तर्गतको कोरोना विशेष अस्थायी अस्पतालमा भर्ना गरिएको थियो । ती युवकमा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छैन उनको स्वाब परीक्षणका लागि काठमाडौं पठाएको र सोमबारसम्म रिपोर्ट आउन सक्ने अस्पतालले जनाएको ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…