झापा–२ मा इन्दिरा राना मगरको जीत, सभामुख देवराज घिमिरे ४८ हजारभन्दा बढी मतान्तरले पराजित

झापा, फागुन २४ — विघटित प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा राना मगरले अघिल्लो संसद्का सभामुख देवराज घिमिरेलाई झापा क्षेत्र नम्बर–२ बाट भएको निर्वाचनमा फराकिलो मतान्तरले पराजित गरेकी छन्।

२०७९ को निर्वाचनमा समानुपातिक सांसदका रूपमा संसद् प्रवेश गरेकी मगर यसपटक प्रत्यक्ष निर्वाचनबाट निर्वाचित हुँदै घिमिरेको संसदीय यात्रामा विराम लगाइदिएकी छन्।

निर्वाचन परिणामअनुसार मगरले ६० हजार १ सय १० मत प्राप्त गरिन् भने घिमिरेले त्यसको तुलनामा निकै कम मत प्राप्त गर्दै ४८ हजार ७ सय ४२ मतान्तरले पराजय भोगे।

यसैगरी, श्रम संस्कृति पार्टीका केशवकुमार भण्डारीले ७ हजार २ सय ९१ मत प्राप्त गर्दै तेस्रो स्थान हासिल गरे। नेपाली कांग्रेसकी सरिता प्रसाईँले ५ हजार ६ सय १६ मत ल्याउँदै चौथो स्थानमा रहिन्।

अघिल्लो निर्वाचनमा दोस्रो स्थानमा रहेका राप्रपाका भद्रप्रसाद नेपाल (स्वागत) यसपटक भने ३ हजार ९ सय ६६ मतसहित पाँचौं स्थानमा सीमित भए। २०७९ को निर्वाचनमा उनले २६ हजार ४ सय ५५ मत प्राप्त गरेका थिए।

झापा–२ मा यसपटकको परिणामलाई राजनीतिक रूपमा महत्त्वपूर्ण मानिएको छ, जहाँ पूर्वसभामुख र पूर्वउपसभामुखबीचको प्रतिस्पर्धामा रास्वपाकी उम्मेदवार मगरले स्पष्ट जनमत प्राप्त गरेकी छन्।

Sanjay poudyal

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago