क्वारेन्टाइनमा बसेका सबैको रिपोर्ट नेगेटिभ देखिएपछी घरफिर्ता

किरण कौशल
पाल्पा, २८ चैत्र
विदेशबाट फर्किएर स्थानीय तहका क्वारेन्टाइनमा बसेका ४४ जनाको कोरोना संक्रमण परिक्षण नतिजा नेगेटिभ आएको छ । Rapid Diagnostic Test Kit विधिबाट कोरोना संक्रमणको परिक्षण गर्दा नतिजा नेगेटिभ आएपछि उनिहरु घर फर्किएका छन् । ९ जना रामपुर नगरपालिका, २१ जना पूर्वाखोला गाउँपालिका, ३ जना रिब्दीकोट गाउँपालिका र ११ जना रैनादेवी छहरा गाउँपालिकाको क्वारेन्टाइनमा रहेकाहरुको परिक्षण गरिएको थियो

कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार सहजिकरण समितिको बैठकले परिक्षणमा नेगेटिभ देखिएकाहरुलाई एक हप्ता घरमै क्वारेन्टाइनमा बस्ने गरी घर पठाउने निर्णय गरेको छ । उनिहरु सबै भारतबाट फर्किएपछि चैत्र १२ देखि क्वारेन्टाइनमा बसेका थिए । पूर्वखोला र रामपुरको क्वारेन्टाइनमा बसेकाहरु कैलालीको गौरीफान्टा नाका हुदै भित्रिएको र उनिहरुसंग नाका रोकिएका कैलाली युवामा कोरोनाका आठौं संक्रमित व्यक्ति भएको पुष्टि भए पछि जिल्लामा त्रास सिर्जना भएको थियो । लुम्बिनी मेडिकल कलेज र युनाइटेड मिसन अस्पतालका तालिम प्राप्त जनशक्तिहरु दुई समुह विभाजन गरी पूर्व र पश्चिमका स्थानीय तहहरुमा परिचालन गरिएको थियो । युनाइटेड मिशन अस्पतालमा सुत्केरी हुन आएकी रेसुङ्गा नगरपालिका २ की एक ३६ बर्षिय युवतीको पनि स्वाब परिक्षणलाई बुटवल पठाइएको छ । उनको श्रीमान् भारतको मुम्बाईबाट फर्किएको पत्ता लागेपछि श्रीमतीको स्वाब परिक्षण र श्रीमानलाई तानसेन नगरपालि ६ को जनप्रिय माविमा रहेको क्वारेन्टाइनमा राखिएको छ ।

bhabindra gautam

Recent Posts

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago