बिर्तामोडका युवा उद्यमी विनोद बस्नेत असामयिक निधनले बिर्तामोड स्तब्ध बस्नेत घरमै मृत फेला

बिर्तामोड, झापा — झापा गोल्डकपका पूर्वअध्यक्ष तथा बिर्तामोडका चर्चित युवा उद्यमी विनोद बस्नेत आफ्नै निवासमा मृत अवस्थामा फेला परेका छन्। बिर्तामोड नगरपालिका–१ स्थित घरमा झुन्डिएको अवस्थामा उनी फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

५२ वर्षीय बस्नेत समाजसेवा, व्यवसाय, र संस्थागत नेतृत्वमा लामो समयदेखि सक्रिय थिए। उनी झापा गोल्डकप आयोजक समितिका पूर्वअध्यक्ष, नेपाल जेसीजका पूर्व राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष, वीरता जेसिज, र रोटरी क्लब अफ बिर्तामोडका पूर्वअध्यक्षसमेत रहेका थिए।

उनको योगदान केवल खेलकुद वा सामाजिक संस्थासम्म सीमित थिएन। उनी नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश–१ का कार्यसमिति सदस्य, मेची पेट्रोलियम डिलर्स एसोसिएसनका महासचिव, ‘एकका लागि एक’ अभियानका सहसंयोजक, समाज झापाका अध्यक्ष, र सयपत्री ट्रेड लिंकलगायत थुप्रै व्यवसायिक प्रतिष्ठानका सञ्चालकसमेत थिए।

प्रहरीले घटनास्थलको अनुसन्धान सुरु गरिसकेको छ। प्रारम्भिक विवरण अनुसार घटना आत्महत्या हुन सक्ने आशंका गरिएको छ, तर वास्तविक कारण पत्ता लगाउन गहन अनुसन्धान जारी रहेको जनाइएको छ।

उनको असामयिक निधनले झापा मात्र होइन, सम्पूर्ण प्रदेश–१ को सामाजिक र व्यवसायिक क्षेत्र स्तब्ध बनेको छ। स्थानीयबासी, सामाजिक अभियन्ता तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूले शोक व्यक्त गर्दै उनको योगदानको उच्च मूल्यांकन गरेका छन्।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago