काठमाडौंमा आन्दोलन नियन्त्रणभन्दा बाहिर, कफ्र्यू बीच पनि तोडफोड जारी
२४ भदौ, काठमाडौं। जेनजी आन्दोलनमा सरकारले दमन गरेपछि प्रदर्शन उग्र बन्दै काठमाडौंको अवस्था सुरक्षाकर्मीको नियन्त्रण बाहिर पुगेको छ।
सोमबारको घटनामा १९ जना विद्यार्थीको ज्यान गएपछि आक्रोशित आन्दोलनकारीले मंगलबार राजधानीका विभिन्न स्थानमा तोडफोड र आगजनी गरेका छन्। शीर्ष नेताहरुको सरकारी निवास, कार्यालय र निजी घरहरूसमेत आन्दोलनकारीको निशानामा परेका छन्।
कफ्र्यू जारी भए पनि प्रदर्शनकारीको आक्रमण रोकिएको छैन। सडकमा खटिएका नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी आन्दोलन नियन्त्रण गर्न असफल भएका छन्।
सुरक्षा अधिकारीहरुका अनुसार यति ठूलो स्तरको आन्दोलन हुने पूर्वानुमान भने गरिएको थिएन। सोमबारकै सुरक्षामा कमजोरी देखिएपछि काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीमा एआईजी दानबहादुर कार्कीलाई खटाइएको थियो। तर ठूलो संख्यामा विद्यार्थीको मृत्यु भएपछि आन्दोलन नियन्त्रण बाहिर गएको हो।
काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…