किरण कौशल
पाल्पा २८ चैत्र
विदेशबाट फर्किएर क्वारेन्टाइनमा राखिएका ४१ जनाको Rapid Diagnostic Test Kit विधि मार्फत कोरोना संक्रमणको परिक्षण थालिएको छ । ९ जना रामपुर नगरपालिका, २१ जना पूर्वाखोला गाउँपालिका, ३ जना रिब्दीकोट गाउँपालिका र ८ जना रैनादेवी छहरा गाउँपालिकाको क्वारेन्टाइनमा रहेकाहरुको परिक्षण गरिने छ । उनिहरु सबै भारतबाट फर्किए पछि चैत्र १२ देखि क्वारेन्टाइनमा बसेका थिए । लुम्बिनी मेडिकल कलेज र युनाइटेड मिसन अस्पतालका तालिम प्राप्त जनशक्तिहरु दुई समुह विभाजन गरेर पूर्व र पश्चिमका स्थानीय तहहरुमा परिचालन गरिएको थियो । कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार सहजिकरण समितिको बैठकले परिक्षणमा नेगेटिभ देखिएकाहरुलाई एक हप्ता घरमै क्वारेन्टाइनमा बस्ने गरी घर पठाउने निर्णय गरेको छ । परिक्षणमा पोजेटिभ देखिएमा स्बाव निकालेर सम्बन्धित पालिकाको एम्बुलेन्स मार्फत अस्पतालमा ल्याएर आइसोलेसनमा राख्ने निर्णय समेत भएको छ ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…