क्वारेन्टाइनमा बसेका सबैको रिपोर्ट नेगेटिभ देखिएपछी घरफिर्ता

किरण कौशल
पाल्पा, २८ चैत्र
विदेशबाट फर्किएर स्थानीय तहका क्वारेन्टाइनमा बसेका ४४ जनाको कोरोना संक्रमण परिक्षण नतिजा नेगेटिभ आएको छ । Rapid Diagnostic Test Kit विधिबाट कोरोना संक्रमणको परिक्षण गर्दा नतिजा नेगेटिभ आएपछि उनिहरु घर फर्किएका छन् । ९ जना रामपुर नगरपालिका, २१ जना पूर्वाखोला गाउँपालिका, ३ जना रिब्दीकोट गाउँपालिका र ११ जना रैनादेवी छहरा गाउँपालिकाको क्वारेन्टाइनमा रहेकाहरुको परिक्षण गरिएको थियो

कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार सहजिकरण समितिको बैठकले परिक्षणमा नेगेटिभ देखिएकाहरुलाई एक हप्ता घरमै क्वारेन्टाइनमा बस्ने गरी घर पठाउने निर्णय गरेको छ । उनिहरु सबै भारतबाट फर्किएपछि चैत्र १२ देखि क्वारेन्टाइनमा बसेका थिए । पूर्वखोला र रामपुरको क्वारेन्टाइनमा बसेकाहरु कैलालीको गौरीफान्टा नाका हुदै भित्रिएको र उनिहरुसंग नाका रोकिएका कैलाली युवामा कोरोनाका आठौं संक्रमित व्यक्ति भएको पुष्टि भए पछि जिल्लामा त्रास सिर्जना भएको थियो । लुम्बिनी मेडिकल कलेज र युनाइटेड मिसन अस्पतालका तालिम प्राप्त जनशक्तिहरु दुई समुह विभाजन गरी पूर्व र पश्चिमका स्थानीय तहहरुमा परिचालन गरिएको थियो । युनाइटेड मिशन अस्पतालमा सुत्केरी हुन आएकी रेसुङ्गा नगरपालिका २ की एक ३६ बर्षिय युवतीको पनि स्वाब परिक्षणलाई बुटवल पठाइएको छ । उनको श्रीमान् भारतको मुम्बाईबाट फर्किएको पत्ता लागेपछि श्रीमतीको स्वाब परिक्षण र श्रीमानलाई तानसेन नगरपालि ६ को जनप्रिय माविमा रहेको क्वारेन्टाइनमा राखिएको छ ।

bhabindra gautam

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago