मञ्जु ओली मञ्जुश्री अशाहाय संरक्षण केन्द्र झापा शाखाको नयाँ अध्यक्षमा चयन

झापा। मञ्जुश्री अशाहाय संरक्षण केन्द्र, झापा शाखाको नेतृत्वमा नयाँ ऊर्जा थपिँदै मञ्जु ओलीले अध्यक्ष पद सम्हाल्नुभएको छ। मंगलबार आयोजित विशेष कार्यक्रममा निवर्तमान अध्यक्ष पुनम ओडारीले नव निर्वाचित अध्यक्ष ओलीलाई पद हस्तान्तरण गर्नुभएको हो।

कार्यक्रम झापा शाखा कार्यालयमा सम्पन्न भएको थियो। प्रमुख अतिथिका रूपमा उपस्थित उर्जाशील रामधुनी आमा समूहकी अध्यक्ष गंगा शिवाकोटी ढकालले समाजसेवामा निरन्तर अग्रसर मञ्जुश्री केन्द्रको भूमिका प्रशंसायोग्य रहेको बताउनुभयो। उहाँले आवश्यकता अनुसार आमा समूह र केन्द्रबीच सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता पनि जनाउनुभयो।

निवर्तमान अध्यक्ष पुनम ओडारीले केन्द्रले अहिलेसम्म अशाहाय, हिंसापीडित तथा समस्यामा परेका महिलाहरूको अभिभावकको भूमिका निर्वाह गर्दै आएको स्मरण गर्नुभयो। टुटेका घरहरूलाई फेरि जोड्न केन्द्रले खेलेको भूमिकालाई उहाँले भावुकतापूर्वक प्रस्तुत गर्नुभयो।

नव निर्वाचित अध्यक्ष मञ्जु ओलीले संस्थाको मूल उद्देश्यप्रति प्रतिबद्ध रहँदै, सम्पूर्ण सदस्यहरूको साथ र सहकार्यमा केन्द्रलाई अझ प्रभावकारी रूपमा अगाडि बढाउने प्रतिबद्धता जनाउनुभयो। उहाँले भन्नुभयो, “मञ्जुश्री वेसाहारा नागरिकको संरक्षण गर्दै समाजमा मेलमिलाप र रुपान्तरणको बाटोमा अघि बढिरहेको संस्था हो।”

कार्यक्रम मञ्जु ओलीकै अध्यक्षतामा सम्पन्न भएको थियो भने सञ्चालन सचिव समिरा बजगाईंले गर्नुभएको थियो।


Sanjay poudyal

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago