त्रिभुवन विश्वविद्यालय र जापानी सहकार्यमा प्रविधिमैत्री संगीत पाठ्यक्रम: एआईमार्फत नेपाली कला-संस्कृतिको विश्विकरण

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयले जापानको युनिभर्सिटी अफ इन्फरमेटिक्स कोतो (केसीजीआई)  सँगको सहकार्यमा प्रविधिमैत्री संगीतसम्बन्धी नयाँ पाठ्यक्रम निर्माण गर्ने तयारी गरेको छ। यो पाठ्यक्रमले परम्परागत कला र संगीतलाई आधुनिक प्रविधिसँग जोडेर, विशेषगरी आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोगमार्फत, शिक्षा प्रणालीमा नवीनता ल्याउने उद्देश्य राखेको छ। त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय सम्बन्ध केन्द्रका कार्यकारी निर्देशक विनोद जोशीले विश्वभर फैलिँदो सूचना प्रविधिको प्रभावलाई सिर्जनात्मक क्षेत्रमा पनि उपयोग गर्दै, संगीत र कलामा नयाँ आयाम थप्ने प्रयासस्वरूप यो सहकार्य अघि बढाइएको जानकारी दिए।

उनका अनुसार त्रिभुवन विश्वविद्यालय अन्तर्गत ललितकला केन्द्रीय विभाग, पत्रकारिता तथा आमसञ्चार विभाग र अन्य प्रासंगिक विभागहरूसँग समन्वय गर्दै एआईको सहयोगमा संगीत शिक्षालाई व्यवहारिक तथा प्रयोगात्मक बनाउने योजनामा काम भइरहेको छ। यसै सन्दर्भमा गत शनिबार जरसिंहपौवामा आयोजित एक कार्यक्रमको अवसरमा सम्बन्धित क्षेत्रका प्राध्यापक, विद्यार्थी तथा जापानका विश्वविद्यालयका प्रतिनिधिहरूबीच प्राज्ञिक छलफल भएको थियो। उक्त छलफलमा प्रविधिको सहयोगमा कलात्मक सिर्जनालाई कसरी नयाँ स्तरमा पुर्‍याउन सकिन्छ भन्ने विषयमा व्यापक विचारविमर्श गरिएको थियो।

कार्यक्रममा जापानको युनिभर्सिटी अफ इन्फरमेटिक्स कोतो (KCGI) का प्रोफेसर आनन्द नेपालले पनि महत्वपूर्ण भूमिका निर्वाह गर्दै त्रिविसँग सहकार्य गरेर नयाँ प्रकारको प्रविधिमैत्री पाठ्यक्रम निर्माण गर्न लागिएको बताए। उनका अनुसार नेपाली कला, साहित्य र संगीतलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउनका लागि यो एक महत्त्वपूर्ण पहल हुनेछ। विशेषगरी नेपाली विद्यार्थीहरू गैर-आईटी पृष्ठभूमिबाट भए पनि आईटी र मनोरञ्जन क्षेत्रमा भविष्य निर्माण गर्न सकून् भन्ने उद्देश्यले यो पाठ्यक्रम निर्माण गर्न लागिएको हो।

प्रोफेसर नेपालका अनुसार आजको युगमा कुनै पनि क्षेत्रमा सूचना प्रविधिको प्रयोग नगरी प्रगति गर्न असम्भव जस्तै भइसकेको छ। अहिलेको पुस्ता डिजिटल युगमा जन्मेको ‘जेड जेनरेशन’ भएकाले उनीहरूको आवश्यकतालाई ध्यानमा राख्दै संगीत र आईटीको संयोजन अत्यावश्यक भएको उल्लेख गरे। उनले यस्तो पाठ्यक्रमबाट एउटा साधारण मादल बजाउने कलाकारले पनि प्रविधिको प्रयोगमार्फत आफ्नै उत्पादन र प्रस्तुति पद्धति विकास गरेर पूरै एक इन्डस्ट्री सञ्चालन गर्न सक्ने सम्भावना रहेको उल्लेख गरे।

नयाँ पाठ्यक्रम त्रिभुवन विश्वविद्यालयमा स्नातकोत्तर (मास्टर्स) तहमा पढाइने छ। जसमा गैर-आईटी विद्यार्थीहरूलाई संगीतसँगै आईटीसम्बन्धी आधारभूत ज्ञान समेत दिन सजिलो होस् भन्ने सोचका साथ पाठ्यक्रम संरचना तयार गरिँदैछ। यसले गर्दा पारम्परिक ढाँचामा आधारित संगीत शिक्षामा नयाँ प्रविधिको समावेशीकरण हुने र विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा अगाडि बढ्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

यस सहकार्यमा KCGI की प्रोफेसर निन्जा मेल्सले पनि महत्त्वपूर्ण योगदान दिइरहेकी छन्। उनले बताइन् कि जापानमा अध्ययनरत नेपाली विद्यार्थीहरूले जापानी भाषा र संस्कृतिलाई राम्रोसँग बुझिरहेका छन् तर जापानी विद्यार्थीहरूलाई भने अझै नेपाली कला, साहित्य र संगीतबारे जानकारी सीमित छ। त्यसैले यो नयाँ पाठ्यक्रमले जापानी विद्यार्थीहरूलाई पनि नेपालको सांस्कृतिक धरोहरबारे जान्ने अवसर दिनेछ।

प्राध्यापक विनोद जोशीले यो सहकार्यलाई अन्तर्राष्ट्रिय स्तरमा फैलाउने लक्ष्य राखिएको जानकारी दिँदै अन्य विश्वविद्यालयहरूलाई समेत क्रमशः समावेश गर्ने योजना रहेको स्पष्ट पारे। नेपालमा प्रविधिको प्रयोग हालसम्म मुख्यतः प्राविधिक क्षेत्रमा सीमित रहेको भए पनि अब यो प्रयोग सिर्जनात्मक विधाहरूमा समेत विस्तार गर्न सकिने विश्वास लिइएको छ।

अन्ततः, त्रिभुवन विश्वविद्यालय र जापानको युनिभर्सिटी अफ इन्फरमेटिक्स कोतोबीचको यो सहकार्यले नेपाली संगीत, कला र साहित्यलाई विश्व बजारमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्नेछ भन्ने अपेक्षा गरिएको छ। यसले सिर्जनात्मकता र प्रविधिबीचको सेतु निर्माण गर्दै भावी पुस्तालाई अन्तर्राष्ट्रियस्तरको ज्ञान र सीप प्रदान गर्नेछ।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago