Categories: समाज

बाला चतुर्दशीमा पशुपतिमा दीपदान गर्न नपाइने

काठमाण्डौप्रत्येक वर्ष मार्ग शीर्ष कृष्ण त्रयोदशीका दिन दिवङ्गत पितृका नाममा पशुपतिनाथ मन्दिर क्षेत्रमा गरिने दीपदान यस वर्षकोरोना महामारीका कारण नहुने भएको छ।

फोटो फाईल

त्रयोदशीको बेलुकीदेखि रातभर पशुपतिमा दीपदान गरी चतुर्दशीका दिन बिहान पशुपति क्षेत्रमा शतबीज छर्ने गरिएकामा यस वर्षकोरोना महामारी फैलन सक्ने हुँदा भौतिक दूरी कायम गरी दीप दान गर्न असम्भव हुने देखिएकाले बन्द गरिएको पशुपति क्षेत्र विकासकोषले जनाएको

त्रयोदशीको बेलुकीदेखि दीपदान गर्न नदिए पनि चतुर्दशीको बिहान भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका विधि अपनाएर शतबीजछर्न सकिने कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले बताउनुभयो बाला चतुर्दशीसमेत भनिने यस पर्वका अवसरमा पशुपतिक्षेत्रमा लाखौँ भक्तजन आउने गरेका थिए

कोरोनाका कारण यस वर्ष बाला चतुर्दशीको अवसर पारेर मङ्सिर २७ २८ गते पशुपति क्षेत्रमा लाग्ने मेला स्थगित गरिएको कोषलेजनाएको पशुपतिमा महाशिवरात्री, साउनका सोमबार, हरितालिका (तीज), बाला चतुर्दशीलगायत पर्वमा लाखौँ भक्तजनको भीडलाग्ने गरेको बाला चतुर्दशीका अवसरमा देशभरका शिवालयमा वैदिक सनातन धर्मावलम्बीले दिवङ्गत पितृका नाममा दीपदान गरीशतबीज छर्ने गर्छन्

यस दिन शिवालयमा दीपदान गरी शतबीज छरेमा दिवङ्गत पितृले पाउने विश्वास गरिन्छ कोरोना महामारी बढेपछि गएको वर्ष चैत ११गतेदेखि बन्द रहेको पशुपतिनाथ मन्दिर भने पुस गतेदेखि खुल्ला गर्न लागिएको कोषले जनाएको भौतिक दूरी कायम गरी स्वास्थ्यसुरक्षाका विधि अपनाएर भक्तजनलाई मन्दिर प्रवेश गराइ दर्शनको व्यवस्था मिलाइने कोषका सदस्यसचिव डा प्रदीप ढकाललेबताउनुभयो  

sp sp

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago