बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन जाने क्रममा शुक्रबार दिउँसो चट्याङ लागेर उनको असामयिक निधनपछि आदर्श टोल, नव आदर्श टोल र काली मन्दिर क्षेत्रअन्तर्गत बिर्तामोड-३ र बिर्तामोड-९ का स्थानीय बासिन्दाहरुले सहयोग रकम तथा सामग्री संकलन गरी पीडित परिवारलाई हस्तान्तरण गरेका छन्।
सहयोग संकलनमा संयोजकको भूमिका गणेश उप्रेतीले निर्वाह गरेका थिए भने बिर्तामोड–३ वडाध्यक्ष मदन बुढाथोकी आदर्श नव युवा क्लबका अध्यक्ष प्रकाश आचार्य, सदस्य प्रकाश भण्डारी, सुशील शिवाकोटी, संजय पौडयाल, समाजसेवी इन्द्र बुढाथोकी, मिलन खडका लगायतको सक्रिय सहभागिता रहेको थियो।
यस क्रममा रु. १२,९१५ नगद रकम सङ्कलन गरिएको थियो यो रकमबाट ३ बोरा (९० केजी) चामल, ५ केजी चिनी, ५ केजी फलफूल, ५ केजी नुन, एक कार्टुन तोरीको तेल, १० केजी गउको पिठो  नगद       रु ९३५ एवं अन्य खाद्यान्न सामग्री पीडित परिवारलाई हस्तान्तरण गरिएको छ।
खाद्यान्न सामग्री हस्तान्तरण कार्यक्रममा समाजसेवी मोहन कुमार पौडयाल, बमबहादुर चौधरी, सलिना पौडयाल, प्राञ्जल घिमीरे, प्रसुन बस्नेत, कमला कटवाल लगायतको उपस्थिति रहेको थियो।
स्थानीय बासिन्दाहरुले यस प्रकारको विपद्को घडीमा परस्पर सहयोग र ऐक्यबद्धताले समाजलाई अझ बलियो बनाउने विश्वास व्यक्त गरेका छन् ।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago