“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ आयोजित “चौथो बिर्तामोड रन प्रतियोगिता–२०८२” उत्साहपूर्ण रूपमा सम्पन्न भएको छ। अनारमनी सामाजिक युवा क्लबको आयोजनामा आज बिहान सम्पन्न उक्त दौडमा पुरुषतर्फ नरेन्द्रसिंह राउत र महिलातर्फ पुष्पा शेर्मा लिम्बू विजयी बनेका छन्।

प्रतियोगितामा बिर्तामोडका युवादेखि वरिष्ठ नागरिकसम्मको जोशपूर्ण सहभागिता रहेको थियो। आयोजकका अनुसार यो वर्षको रनमा देशभरका विभिन्न स्थानबाट आएका २१९ जना प्रतिस्पर्धीहरू, नेपाली सेना र नेपाल प्रहरीका सदस्यहरूसहित सहभागी थिए।

पुरुषतर्फ उत्कृष्ट प्रदर्शन गर्दै पहिलो स्थानमा आएका नरेन्द्रसिंह राउतले नगद रु २५,०००, प्रमाणपत्र, मेडल, मायाको चिनो फूल, कन्सर्ट टिकट र ‘प्राचीन रेस्टुरेन्ट’मा फ्री लन्च वा डिनर प्राप्त गरे। दोस्रो स्थानमा रहेका कुलबहादुर बस्नेतले रु १५,०००, प्रमाणपत्र, मेडल, मायाको चिनो फूल, कन्सर्ट टिकट र फ्री लन्च/डिनर प्राप्त गरे भने तेस्रो स्थानमा रहेका तेन्जिङ शेर्पाले रु १०,०००, प्रमाणपत्र, मेडल, मायाको चिनो फूल, कन्सर्ट टिकट तथा फ्री लन्च वा डिनर प्राप्त गरे।

महिलातर्फको प्रतिस्पर्धामा विजयी बनेकी पुष्पा शेर्मा लिम्बूले नगद रु २५,०००, प्रमाणपत्र, मेडल, मायाको चिनो फूल, कन्सर्ट टिकट तथा ‘प्राचीन’मा फ्री लन्च वा डिनर प्राप्त गरिन्। दोस्रो स्थानमा रहेकी दिपा बस्नेतले रु १५,०००, प्रमाणपत्र, मेडल, मायाको चिनो फूल, कन्सर्ट टिकट र फ्री लन्च/डिनर प्राप्त गरिन् भने तेस्रो स्थानमा रहेकी मन्दिरा महताराले रु १०,०००, प्रमाणपत्र, मेडल, मायाको चिनो फूल, कन्सर्ट टिकट तथा फ्री लन्च वा डिनर प्राप्त गरिन्।

कार्यक्रममा उपाध्यक्ष प्रवास थापा मगरले स्वागत मन्तव्य व्यक्त गर्दै बिर्तामोड नगरपालिका, मेची आँखा अस्पताल, सिलिकन नेटवर्कलगायतका सहयोगी संस्था तथा व्यक्तिहरूप्रति आभार व्यक्त गर्नुभयो।

कार्यक्रम संयोजक संजय पौड्यालले बिर्तामोड रनको मुख्य उद्देश्य स्वास्थ्यप्रति जनचेतना जगाउने र समाजमा सकारात्मक सन्देश फैलाउने रहेको बताउँदै, “स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त बिर्तामोडका लागि हामी एकजुट” भन्ने नारासहित यो अभियान निरन्तर चलिरहेको जानकारी दिनुभयो। उहाँले महिला र पुरुष दुबै वर्गका खेलाडीहरूलाई समान अवसर प्रदान गरिएको र पुरस्कार राशिमा कुनै भेदभाव नगरिएको पनि स्पष्ट पार्नुभयो।

कार्यक्रमको अध्यक्षता अनारमनी सामाजिक युवा क्लबका अध्यक्ष राज मुखियाले गर्नुभएको थियो भने प्रमुख अतिथि बिर्तामोड नगरपालिकाकी नगर प्रमुख पवित्रा महतारा प्रसाई रहनुभएको थियो। सो अवसरमा मेची आँखा अस्पतालका अध्यक्ष जलकुमार गुरुङ, बिर्तामोड वडा नं १० का अध्यक्ष दुर्योधन गुरुङ, सामाजिक अभियन्ता प्रिमियेस भुटिया, जीवन भण्डारी लगायतका समाजसेवी र विशिष्ट अतिथिहरूको उपस्थिति उल्लेखनीय थियो।

सो अवसरमा मेची आँखा अस्पतालका अध्यक्ष जलकुमार गुरुङले बिर्तामोड रनलाई अझ लामो दूरीमा विस्तार गर्न सुझाव दिँदै भने, “आगामी वर्षका लागि मेची आँखा अस्पतालले एक लाख रुपैयाँ सहयोग गर्ने घोषणा गर्नुभएको छ।

चौथो बिर्तामोड रनले खेलकुदमार्फत स्वास्थ्य, सामाजिक सचेतना र एकताको सन्देश फैलाउँदै बिर्तामोड नगरलाई स्वास्थ्यप्रेमी र सचेत समुदायको रूपमा स्थापित गरेको आयोजक क्लबले जनाएको छ । चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न गर्न मुखिया प्रोडक्सन हाउस, डिजी भेन्टस र नेक्स्ट डिजाइनको विशेष सहयोग रहेको थियो।

Sanjay poudyal

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago