अमेरिकामा पहिलो अश्वेत रक्षामन्त्री

काठमाडौं। नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनले रक्षामन्त्रीका रूपमा सेनाका निवृत्त जनरल लोयड अस्टिनलाई चुनेका छन्।

उनी रक्षामन्त्रीमा नियुक्त भएपछि अमेरिकी इतिहासमै उक्त पदमा पुग्ने पहिलो अश्वेत नागरिक हुनेछन्। अमेरिकी मिडियाले यो समाचारप्रकाशित गरेका छन्।

फोटो फाईल

लोयड फोर स्टार जनरल हुन्। उनी युद्ध मैदानमा ख्याति कमाएका व्यक्ति हुन्। अब उनलाई बाइडेनले पेन्टागनमा रक्षामन्त्री पद सम्हाल्नचुनेका हुन्।

अमेरिकी न्युज वेबसाइटपोलिटिकोका अनुसार लोयड यस्ता अश्वेत जनरल हुन्, जसले सेनाको एक डिभिजनको युद्ध मैदानमा नेतृत्वगरेका थिए। मंगलबार बिहान उनको नियुक्तिको घोषणा गरिएको हो।

अमेरिकी सेनाको सेन्ट्रल कमान्डबाट उनी २०१६ मा निवृत्त भएका थिए। राष्ट्रपतिमा बाइडेनको जितपछि उनलाई रक्षामन्त्रीको प्रवलदाबेदारका रुपमा हेरिँदै आएको थियो।

पूर्वराष्ट्रपति बाराक ओबामाका एकजना सहयोगीलाई पनि यो पदको दाबेदारका रूपमा हेरिएको थियो। तर, उनलाई उछिनेर लोयडचुनिए। विगत केही सातादेखि बाइडेनमाथि कुनै अश्वेतलाई रक्षामन्त्रीका रुपमा चुन्न दबाब पर्दै आएको थियो।

बाइडेनका एक सहयोगी बेन्नी थम्सनले दक्षिणी क्षेत्रमा बसोबास गर्दै आएका सेनामा शानदार छवि बनाएका लोयडको नियुक्ति उचितभएको बताएका छन्। जनरल लोयड रक्षामन्त्रीका लागि एकदमै उचित पात्र भएको उनको भनाइ थियो।

लोयड अमेरिकाको संकटको समयमा सधैं खरो साबित हुँदै आएका सेना हुन्। सेनामा उनको ठूलो सम्मान छ। लोयडमाथि बाइडेनकोभरोसा यसकारण पनि कि, उनी उपराष्ट्रपति छँदा सँगै काम गरेका थिए। 

इराक संकटका क्रममा पनि बाइडेन लोयडले सँगै काम गरेका थिए। उनी इराकमा अन्तिम अमेरिकी कमान्डिङ जनरल थिए। (एजेन्सी)

sp sp

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago