अनलाइन न्यूजपोर्टलमाथिको विभेद अन्त्य गर्दै समान व्यवहार गर्न बिर्तामोड नगरपालिकालाई ध्यानाकर्षण

बिर्तामोड । बिर्तामोड नगरपालिका क्षेत्रभित्र सञ्चालित अनलाइन न्यूजपोर्टलका सञ्चालकहरुले लोक कल्याणकारी विज्ञापनमा भोग्नु परिरहेको विभेदबारे पालिकालाई आज ध्यानाकर्षण पत्र बुझाएका छन् ।

नगरपालिका कार्यालयमा गएर आज अपरान्ह न्यूजपोर्टलका सञ्चालक तथा सम्पादकहरुले बिर्तामोडका मिडियाहरु माथि फरक फरक मापदण्ड बनाएर लोक कल्याणकारी विज्ञापन उपलब्ध गराउनुले आफूहरुलाई विभेद भएको भन्दै नगरपालिकाको ध्यानाकर्षण गराएका हुन् ।

प्रविधिको विकास र इन्टरनेटमा अधिकांश मानिसको पहुँचका कारण पाठकले हातमै विश्वको सूचना र समाचार पढन, हेर्न र सुन्न चाहने भएका कारण अनलाईन सञ्चार माध्यमको लोकप्रियता बढिरहेको अवस्थामा बिर्तामोडले भने अनलाइन सञ्चार माध्यमलाई विभेद गरेको उनीहरुको ठहर छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपानेको उपस्थितिमा नगरप्रमुख पवित्रा महतारा प्रसाईंलाई बुझाइएको ध्यानाकर्षण पत्रमा भनिएको छ ‘‘अनलाइन सञ्चार माध्यमको बढ्दो लोकप्रियता र आवश्यकता भइरहेको परिवेशमा बिर्तामोड नगरपालिकाले अनलाइन सञ्चार माध्यम माथि गरेको व्यवहार विभेदपूर्ण भएको हामीले महसुस गरेका छौँ । छिमेकी पालिकाहरुले अपनाएको नीति र यस पालिकाको नीतिमा उल्लेख्य फरक पाइएको छ । तसर्थ बिर्तामोड नगरपालिकाले उपलब्ध गराउँदै आएको लोक कल्याणकारी विज्ञापन वापतको रकम सबै सञ्चार माध्यमहरुका लागि समानुपातिक हुनुपर्नेमा हामी ध्यानाकर्षण गराउँदै जोडदार माग गर्दछौँ ।’

अनलाइनका सञ्चालकहरुले पनि अन्य सञ्चार संस्थाहरु सरह कानुन बमोजिम व्यवसाय दर्ता, नविकरण शुल्क भुक्तानीमा प्रतिबद्ध रहेको जानकारी गराउँदै उनीहरुले अनलाइन सञ्चार माध्यमलाई समान व्यवहार गरी यसमा कार्यरत पत्रकार तथा कर्मचारीको मनोबल बढाउन सविनय आग्रह र अनुरोध गर्दछौँ’ ध्यानाकर्षण पत्रमा उल्लेख छ ।

बिर्तामोड नगर क्षेत्रभित्र रहेका १८ वटा अनलाइन न्यूजपोर्टलका सञ्चालक÷सम्पादकहरुले हस्ताक्षर गरेको सो ध्यानकर्षणपत्र साझामञ्च डटकमका सम्पादक गोपाल काफ्लेसहितको प्रतिनिधि मण्डलले नगर प्रमुख पवित्रा महतारा प्रसाईलाई बुझाएका हुन् । सो ध्यानाकर्षण पत्र परिवेश मिडियाका सम्पादक पुष्प खड्काले वाचन गरेका थिए ।

बिर्तामोड नगरपालिकाले पालिकामा व्यवसाय दर्ता गरी सूचिकरण गराएका सञ्चार माध्यमहरुलाई लोक कल्याणकारी विज्ञापन उपलब्ध गराउँदै आएको छ । तर त्यसबापत दिइने भुक्तानीमा अन्य सञ्चार माध्यमको तुलानामा अनलाइन सञ्चार माध्यमलाई अत्यन्त कम भुक्तानी दिने गरेको छ ।

ध्यानाकर्षण पत्र बुझ्दै नगरप्रमुख प्रसाईले सबै सञ्चार माध्यमलाई समान रुपमा समेटेर लैजाने बताइन् । लोक कल्याणकारी विज्ञापनवापतको भुक्तानीमा फरक रहेको विषय जानकारी भएकाले बजेटको आकार हेरेर सम्बोधन गर्ने कुरामा आफू प्रतिबद्ध रहेको नगरप्रमुख प्रसाईले जनाइन् ।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago