काठमाडौं । यदि तपाई थोरै किस्ता रकम तिरेर डबल च्यानल एबीएस भएको नयाँ मोटरसाइकल किन्ने योजना बनाएर बस्नु भएको छ भने बजाजको एन १६० तपाईको रोजाई हुनसक्छ ।
स्पोर्टी लुक्स र उच्च पर्फमेन्स गर्ने मोटरसाइकल खोज्ने युवाहरुको लागि ४० देखि ५० प्रतिशत डाउन पेमेन्ट तिरेको खण्डमा ब्याज तिर्नु नपर्ने स्कीममा पाउन सकिन्छ । यसरी मोटरसाइकल किन्दा थोरै किस्ता रकम तिर्दा पुग्ने र ब्याज पनि नलाग्ने भएको कारण आफ्नो आवश्यकता पुरा गर्न सहज हुन्छ ।
नेकेड स्ट्रीट फाइटर डिजाइनमा उपलब्ध बजाज एन १६० मोटरसाइकललाई आधिकारिक बिक्रेता हंशराज हुलाश चन्द एण्ड कम्पनीले ३ लाख ९३ हजार ९०० रुपैयाँ मूल्य निर्धारण गरेर बजाज एन १६० बिक्री गर्दै आएको छ ।
यसलाई मूल्यको ५० प्रतिशत डाउन पेमेन्ट गरेर खरिद गर्ने ग्राहकले १ लाख ९६ हजार ९५० रुपैयाँ सुरुमा बुझाउनु पर्ने हुन्छ । साथै, बीमा र कर्जा प्रक्रियाको लागि थप रकम जम्मा गर्नुपर्छ ।
बाँकी रकम १८ महिनामा भुक्तानी गर्दा कुनै किसिमको ब्याज तिर्नु नपर्ने भएको कारण मासिक ९ हजार रुपैयाँ किस्ता वापत बुझाउँदा पुग्छ ।
बजाजको पल्सर १६० एनमा ट्वीन भर्टिकल एलइडी टेलल्याम्प, वाई सेपको अलोय ह्वील, स्प्लीट ग्रावरेल, अन्डरवेली एग्जस्ट पाउन सकिन्छ । साथै, आइब्रो डिजाइनमा एलइडी डेटाइम रनिङ लाइट, अगाडि सानो विन्ड स्कृन, सार्प र मस्कुलर डिजाइनको इन्धन ट्याङ्की पाउन सकिन्छ ।
बजाजले एन १६० सेमी डिजिटल इन्ट्रुमेन्ट क्लष्टर रहेको बजाज एन १६० मा १६४.८ सीसी क्षमताको आयल कुल्ड, सिंगल सिलिण्डर इन्जिन छ । यो इन्जिनले अधिकतम १६ पीएस पावर र १४.६ एनएम टर्क प्रदान गर्छ । यसमा ५ स्पीड गियरबक्स रहेको छ ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…