हाम्रो नेपाल साकोस : नाफा घट्यो ३५,८८४ सदस्यलाई सेयर बोनस बाँडिने !!

बिर्तामोड । झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेर मोरङ र इलामलाई पनि कार्यक्षेत्र बनाएको हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्थाको ११औं वार्षिक साधारणसभा अन्तरगत अन्तिम माइन्युट प्रमाणिकरण सभा आज बिर्तामोडमा सम्पन्न भएको छ ।

गत मंसीर १३ गतेदेखि शुरु भएको इकाइगत साधारणसभाबाट चुनिएर आएका ३–३ जना प्रतिनिधिहरुको उपस्थितिमा आज बिर्तामोडमा अन्तिम माइन्युट प्रमाणीकरण गर्दै साधारणसभा सम्पन्न गरिएको हो ।

संस्थाका अध्यक्ष भवानीप्रसाद दंगालको अध्यक्षतामा झापा जिल्ला सहकारी संघका अध्यक्ष तथा राष्ट्रिय सहकारी महासंघका सञ्चालक सदस्य गणेश ढकालको प्रमुख आतिथ्यमा साधारणसभा सञ्चालन गरिएको थियो ।

संस्थाका अध्यक्ष दंगालले सञ्चालक समितिको तर्फबाट तयार गरिएको अध्यक्षको प्रतिवेदनका मूलभूत बुँदाहरु माइन्युट प्रमाणिकरण सभामा प्रस्तुत गरेका थिए । जसअनुसार २०८० असार मसान्तसम्म संस्थामा ३५ हजार ८८४ जना सेयर सदस्यबाट १८ करोड ८७ लाख ४८ हजार ७०० रुपैयाँ सेयर पुँजी संकलन भएको छ । जगेडाकोष ५ करोड ८९ लाख ९६ हजार १०२ रुपैयाँ, बचत तथा निक्षेप रकम १ अर्ब १४ करोड ११ लाख ६४ हजार ५९ रुपैयाँ तथा लगानीमा रहिरहेको रकम १ अर्ब ८४ करोड ७२ लाख ६ हजार ७९२ रुपैयाँको विवरण प्रतिवेदनमा उल्लेख छ ।

हाम्रो नेपाल साकोसले सदस्यभन्दा बाहिर पनि सहयोग गरेको उल्लेख गर्दै अध्यक्ष दंगालले भने आर्थिक तथा सामाजिक सहयोग अन्तरगत व्यक्ति तथा संस्थाहरुका नाममा ५ लाख १७ हजार २२४ रुपैयाँ सहयोग प्रदान गरिएको छ । यस्तै, सदस्य उपचार कोष अन्तरगत ३२ जना सदस्यहरुका लागि ४ लाख ६५ हजार ७९४ रुपैयाँ र ऋण सुरक्षण कोष अन्तरगत ६ जना ऋणि सदस्यको ४ लाख १६ हजार ३०० रुपैयाँ ऋण रकम मिनाह गरिएको अध्यक्ष दंगालले सुनाए ।

२ अर्ब १६ करोड ३९ लाख १९ हजार ९५९ रुपैयाँको वासलात बनाएको हाम्रो नेपाल साकोसको बाह्य ऋण ७३ करोड २८ लाख ७५ हजार ९६ रुपैयाँ कायमै छ भने समीक्षा वर्षमात्र ३ करोड ७६ लाख बाह्य ऋण घटाएको प्रतिवेदनमा उल्लेख छ । समीक्षा वर्षमा ४ लाख ९७ हजार ५४६ रुपैयाँमात्र सञ्चालन नाफा गरेको हाम्रो नेपाल साकोसले १ लाख ७२ हजार ९८१ रुपैयाँ शेयर बोनस र ८२ हजार ९२४ रुपैयाँ संरक्षित पूँजी फिर्ताकोषबाट सदस्यहरुमाझ वितरण गरिने प्रतिवेदनमा उल्लेख गरिएको छ ।

हाम्रो नेपाल साकोसले सहकारी संस्था एकीकरण अन्तरगत कमल गाउँँपालिका–२ स्थित श्रुतीकृति महिला कृषि सहकारी संस्था र मोरङको पथरी–शनिश्चरेस्थित मत्स्य विकास समृद्धि बहुउद्देश्यीय सहकारी संस्थासँग एकीकरण समेत गरेको प्रतिवेदनमा उल्लेख छ ।

कोशी प्रदेशका तीन जिल्लामा ३१ वटा सेवा केन्द्रमार्फत सेवा प्रवाह गर्दै आएको हाम्रो नेपालमा आर्थिक वर्ष २०७९/०८० को असार मसान्तसम्म २० दशमलव ७९ प्रतिशत अर्थात् २३ करोड ९३ लाख ४ हजार ६२२ रुपैयाँ तरलता रहेको थियो भने कूल सम्पत्ति २ अर्ब २१ करोड ३५ लाख ५३ हजार ७५ रुपैयाँ रहेको जनाइएको छ ।

साधारणसभाका अवसरमा अध्यक्ष दंगालले उपस्थित सदस्यहरुलाई ५ बुँदे संकल्प प्रस्ताव वाचन गर्दै प्रतिवद्धता वाचन दोहोर्याउन लगाएका थिए । संस्थाले तयार गरेको संकल्प प्रस्तावहरुमा ‘हातमा रहेको प्रतिवेदन वर्षमा ४ पटक पढ्छु, यो संस्थामा मात्र सदस्य भई बचत खातामा नियमित कारोबार गर्छु, आफूले लिएको ऋणको साँवा ब्याज नियमित बुझाउँछु, संस्थाले आयोजना गरेका सबैखाले कार्यक्रममा सहभागी हुन्छु’ आदि छन् ।

सो माइन्युट प्रमाणीकरण सभाका प्रमुख अतिथि गणेश ढकालले वित्तीय आंकडाहरु केलाउँदा हाम्रो नेपाल साकोसको अवस्था राम्रो भएको बताए । उनले संस्थाको सन्चालन खर्च घटाउनु पर्ने र कारोबार बढाउनु पर्ने सुझाव दिँदै सहकारी एकीकरणमा जोड दिएका थिए । सहकारीको लगानी उत्पादन र आय आर्जनको क्षेत्रमा लगाउनु पर्ने बताउँदै प्रमुख अतिथि ढकालले सदस्यले कर्जाको सदुपयोग गरे नगरेको विषयमा सहकारीका सञ्चालकहरुले अनुगमन गर्नुपर्ने आवश्यकता औल्याएका थिए ।

सो समारोहमा जिल्ला बचत तथा ऋण सहकारी संघ लि. झापाका वरिष्ठ उपाध्यक्ष उपेन्द्रप्रसाद ओली, बिर्तामोड नगरपालिकाका सहकारी तथा सामाजिक विकास शाखा अधिकृत डिल्ली दाहाल लगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रममा आमन्त्रित अतिथि एवम् सहभागीहरुलाई संस्थाका उपाध्यक्ष राजेन्द्र गौतमले शाब्दिक स्वागत गरेका थिए भने समारोहको सञ्चालन संस्थाका सचिव विश्वेश्वरप्रसाद लामिछानेले गरेका थिए ।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago