महेन्द्ररत्न माध्यमिक विद्यालयका भुतपूर्व विद्यार्थी समाजको आयोजनामा वनभोज कार्यक्रम

बिर्तामोड। बिर्तामोड ३ स्थित महेन्द्ररत्न माध्यमिक विद्यालयको भुतपूर्व विद्यार्थी समाजको आयोजनामा आज चारपानेको बेलडाँगीमा वनभोज कार्यक्रम आयोजना गरिएको छ ।

वनभोज कार्यक्रममा ५५ जना विभिन्न ब्याजका विद्यार्थीहरूको सहभागिता रहेको थियो। कार्यक्रम विभिन्न मनोरञ्जनात्मक कार्यक्रम गर्दै बिहान ११ बजेदेखि सुरु गरेर दिउँसोको ४ बजे समाप्त गरिएको थियो। भुतपूर्व विद्यार्थी समाजले सोही विद्यालयका पूर्व विद्यार्थी न्यौपानेलाई बिर्तामोड उद्योग वाणिज्य संघको अध्यक्षको रुपमा प्रस्ताव गर्दै सहयोग गर्ने प्रतिवद्धता जनाएको छ । बिर्तामोड उद्योग वाणिज्य संघको आसन्न निर्वाचनका लागि वर्तमान वरिष्ठ उपाध्यक्ष राजु न्यौपानेलाई अध्यक्षको उम्मेदवारको रुपमा प्रस्ताव गरिएको छ ।

कार्यक्रममा भुतपूर्व विद्यार्थी समाजका महासचिव मदनगोपाल सुब्बाले न्यौपानेलाई अध्यक्षको रुपमा प्रस्ताव गर्दा सहभागी सबैले समर्थन जनाएका थिए ।

कार्यक्रममा महेन्द्ररत्न माध्यमिक विद्यालयमा अध्ययन गरेका विभिन्न व्याचका विद्यार्थीहरुको बाक्लो उपस्थिति रहेको थियो । आगामी फागुन महिनामा बिर्तामोड उद्योग वाणिज्य संघको निर्वाचन हुँदैछ । त्यस निर्वाचनमा न्यौपानेलाई अध्यक्ष पदको संभावित उम्मेदवारको रुपमा लिइएको छ ।

Sanjay poudyal

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago