बिर्तामोड– ६ वडास्तरीय नकआउट फुटबलको क्वाटरफाइनलमा प्रवेश

झापा। बिर्तामोड वडा नम्बर ६ चौंथो वडास्तरीय नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

अनारमनिको डोमालाल राजवंशी रंगशालामा आज भएको खेलमा बिर्तामोड वडा नम्बर ९ लाई १–० गोल अन्तरले पराजित गर्दै बिर्तामोड–६ क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

बिर्तामोड–६ का लागि नरेश तामाङको प्रहार गोलमा परिणत भएको थियो । खेलको ५८ औं मिनेटमा रेडकार्ड पाएपछि बिर्तामोड–९ का टिम कप्तान राम मर्डी मैदान बाहिरिएका थिए । दोहोर पहेलो कार्ड पाएका उनले ५८ औं मिनेटमा विपक्षी गोलकिपरलाई फल्ट गरेका थिए । उनले खेलको ४५ औं मिनेटमा पहिलो पहेँलो कार्ड पाएका थिए । १० खेलाडीमा समेटिएको बिर्तामोड ९ ले सुधारिएको प्रदर्शन गरेपछि थप गोल खानबाट भने बचेको थियो ।

खेलमा उत्कृष्ट प्रदर्शन गरेका बिर्तामोड ६ का सिदार्थ अधिकारी ‘म्यान अफ दि म्याच’ चुनिए । उनले नगद १५ सय पुरस्कार पाए । उनलाई राष्ट्रियसभाका पूर्वसदस्य हरिचरण शिवाकोटी र आयोजक समितिका अध्यक्ष विकास गिरीले पुरस्कार प्रदान गरेका थिए ।

प्रतियोगितामा भोलि बिर्तामोड वडा नम्बर ५ र वडा नम्बर ७ बीच खेल हुने आयोजक समितिका सचिव बिशन लिम्बूले जानकारी दिए । प्रतियोगिताको फाईनल खेल कात्तिक २ गते हुने छ ।

Sanjay poudyal

Recent Posts

बिर्तामोडका युवा उद्यमी विनोद बस्नेत असामयिक निधनले बिर्तामोड स्तब्ध बस्नेत घरमै मृत फेला

बिर्तामोड, झापा — झापा गोल्डकपका पूर्वअध्यक्ष तथा बिर्तामोडका चर्चित युवा उद्यमी विनोद बस्नेत आफ्नै निवासमा…

55 years ago

बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा

बिर्तामोड- झापाको बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा आएको छ । नयाँ वर्षको थालनीसँगै बिर्तामोडमा क्राइटेरियन…

55 years ago

त्रिभुवन विश्वविद्यालय र जापानी सहकार्यमा प्रविधिमैत्री संगीत पाठ्यक्रम: एआईमार्फत नेपाली कला-संस्कृतिको विश्विकरण

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयले जापानको युनिभर्सिटी अफ इन्फरमेटिक्स कोतो (केसीजीआई)  सँगको सहकार्यमा प्रविधिमैत्री संगीतसम्बन्धी नयाँ…

55 years ago

आमाको मुख हेर्ने पर्व : ममता, श्रद्धा र आशीर्वादको दिव्य उत्सव

काठमाडौँ – आमाको मुख हेर्ने पर्व : श्रद्धा, भक्ति र आशीर्वादको अनुपम अवसर हरेक वर्ष…

55 years ago

बिर्ताबजारमा नयाँ पार्क निर्माणको थालनी : हरित बिर्तामोड अभियानमा सक्रिय सहभागिता

बिर्तामोड , २०८०, २२ जेष्ठ सोमबार बिर्ताबजार स्थित महेन्द्ररत्न माध्यमिक विद्यालय अगाडि विश्व वातावरण दिवसका…

55 years ago

मञ्जु ओली मञ्जुश्री अशाहाय संरक्षण केन्द्र झापा शाखाको नयाँ अध्यक्षमा चयन

झापा। मञ्जुश्री अशाहाय संरक्षण केन्द्र, झापा शाखाको नेतृत्वमा नयाँ ऊर्जा थपिँदै मञ्जु ओलीले अध्यक्ष पद…

55 years ago