बिर्तामोड– ६ वडास्तरीय नकआउट फुटबलको क्वाटरफाइनलमा प्रवेश

झापा। बिर्तामोड वडा नम्बर ६ चौंथो वडास्तरीय नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

अनारमनिको डोमालाल राजवंशी रंगशालामा आज भएको खेलमा बिर्तामोड वडा नम्बर ९ लाई १–० गोल अन्तरले पराजित गर्दै बिर्तामोड–६ क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

बिर्तामोड–६ का लागि नरेश तामाङको प्रहार गोलमा परिणत भएको थियो । खेलको ५८ औं मिनेटमा रेडकार्ड पाएपछि बिर्तामोड–९ का टिम कप्तान राम मर्डी मैदान बाहिरिएका थिए । दोहोर पहेलो कार्ड पाएका उनले ५८ औं मिनेटमा विपक्षी गोलकिपरलाई फल्ट गरेका थिए । उनले खेलको ४५ औं मिनेटमा पहिलो पहेँलो कार्ड पाएका थिए । १० खेलाडीमा समेटिएको बिर्तामोड ९ ले सुधारिएको प्रदर्शन गरेपछि थप गोल खानबाट भने बचेको थियो ।

खेलमा उत्कृष्ट प्रदर्शन गरेका बिर्तामोड ६ का सिदार्थ अधिकारी ‘म्यान अफ दि म्याच’ चुनिए । उनले नगद १५ सय पुरस्कार पाए । उनलाई राष्ट्रियसभाका पूर्वसदस्य हरिचरण शिवाकोटी र आयोजक समितिका अध्यक्ष विकास गिरीले पुरस्कार प्रदान गरेका थिए ।

प्रतियोगितामा भोलि बिर्तामोड वडा नम्बर ५ र वडा नम्बर ७ बीच खेल हुने आयोजक समितिका सचिव बिशन लिम्बूले जानकारी दिए । प्रतियोगिताको फाईनल खेल कात्तिक २ गते हुने छ ।

Sanjay poudyal

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago