झापा। नजिकिदै गरेको चाडपर्वलाई लक्षित गरी पूर्वी नाका काँकडभिट्टामा डग स्निफिङ शुरु गरिएको छ ।
आज बिहान ९.३० बजेदेखि मेचीनगर नगरपालिका वडा नं. ६ स्थित नेपाल भारत सिमानाका काँकडभिट्टामा कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको “सुरक्षा सुनिश्चितता अभियान” अन्तर्गत तालिमप्राप्त कुकुरसहित चेकजाँच शुरु गरिएको हो ।
सिमावर्ती क्षेत्रबाट हुन सक्ने लागूऔषध ओसारपसार, बिष्फोटक पदार्थ तथा अन्य आपराधिक गतिबिधि नियन्त्रणको लागि पारु र पिंकु नाम गरेका २ वटा तालिमप्राप्त कुकुरसहित चेकजाँच शुरु गरिएको ईलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायव उपरीक्षक दिपक भारतीले जानकारी दिए । उनले कुकुरले सुँघेर पत्ता लगाउने भएकाले प्रहरी चेकजाँचमा सहयोग पुग्ने बताए ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…