झापा। मेचीनगरको उप्रेती परिवारलाई मातृशोक परेको छ ।
नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि.का निवर्तमान अध्यक्ष रामचन्द्र उप्रेती,काँकडभिट्टा बहुमुखी क्याम्पसका प्रमुख लक्ष्मीप्रसाद उप्रेतीसहित गोपीचन्द्र, मनोज उप्रेतीका आमा जानुकादेवी उप्रेतीको आज दिउँसो ३ः१५ बजे आफ्नै निवास मेचीनगर– ६ काँकडभिट्टा पूर्वी भानुटोलमा ८९ वर्षको उमेरमा निधन भएको हो ।
जानुकादेवी मेचीनगर नगरपालिका उपप्रमुख मीना पोखरेल उप्रेतीको सासुआमा हुन् । जानुकादेवीका ४ छोरा र २ छोरी छन् । छोराहरू रामचन्द्र, लक्ष्मीप्रसाद, गोपीचन्द्र र मनोज रहेका छन् भने छोरीहरू हरिमाया मैनाली र बबिता ढकाल रहेका छन् ।
उनको भोलि विहान १० बजे मेचीनगर ६ बर्मेली टोलनजिक, तुर्केनी खेलमैदान तिरको मेची गंगाघाट (मेचीनदी)मा अन्त्येष्टि गरिने परिवारले जनाएको छ ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…