मेचीनगरको उप्रेती परिवारलाई मातृशोक

२०८०, २४ आश्विन बुधबार २१:३४

झापा। मेचीनगरको उप्रेती परिवारलाई मातृशोक परेको छ ।

नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि.का निवर्तमान अध्यक्ष रामचन्द्र उप्रेती,काँकडभिट्टा बहुमुखी क्याम्पसका प्रमुख लक्ष्मीप्रसाद उप्रेतीसहित गोपीचन्द्र, मनोज उप्रेतीका आमा जानुकादेवी उप्रेतीको आज दिउँसो ३ः१५ बजे आफ्नै निवास मेचीनगर– ६ काँकडभिट्टा पूर्वी भानुटोलमा ८९ वर्षको उमेरमा निधन भएको हो ।

जानुकादेवी मेचीनगर नगरपालिका उपप्रमुख मीना पोखरेल उप्रेतीको सासुआमा हुन् । जानुकादेवीका ४ छोरा र २ छोरी छन् । छोराहरू रामचन्द्र, लक्ष्मीप्रसाद, गोपीचन्द्र र मनोज रहेका छन् भने छोरीहरू हरिमाया मैनाली र बबिता ढकाल रहेका छन् ।

उनको भोलि विहान १० बजे मेचीनगर ६ बर्मेली टोलनजिक, तुर्केनी खेलमैदान तिरको मेची गंगाघाट (मेचीनदी)मा अन्त्येष्टि गरिने परिवारले जनाएको छ ।

Comments

ताजा खबर