अब युरोपमा आप्रवासीलाई तिन बर्षमै पीआर दिने, ईयुका सबै देशमा काम गर्न पाउने !

काठमाडौं : युरोपेली संघले गैर ईयु आप्रवासीलाई लक्षित गरेर नयाँ प्रस्तावमाथि छलफल सुरु गरेको छ।
युरोपेली संघले अहिले आफ्ना सदस्य देशमा ५ बर्ष कानुनि रुपमा बसेका आप्रवासीलाई पिआर दिने नियमका परिवर्तन गर्ने र केहि सहज बनाउने संकेत गरेको हो।
युरोपेली आयोगको अध्ययनले ईयु – लंग टर्म रेसिडेन्ट कार्ड लिएका गैर युरोपेली आप्रवासीलाई ईयु देशमा स्वतन्त्र ढंगले काम गर्न वा सामाजिक सुरक्षा कार्यक्रम उपभोग गर्न कठिन रहेको निष्कर्ष निकालेको थियो। लगत्तै ईयु आयोगले यो नियमलाई व्यवहारिक बनाउन केहि परिमार्जन गर्ने तयारि थालेको थियो।
अहिले युरोपेली संसदमा पेश गर्ने बिषयमा छलफलमै रहेको यो एजेन्डा पास भएमा गैर- ईयु आप्रवासीले तिन बर्षमै ईयु- पीआर (ईयु लंग टर्म रेसिडेन्ट) परमिट आवेदन दिन सक्नेछन भने अन्य ईयु नागरिक सरह उक्त पिआरले सबै ईयु देशमा काम गर्ने अधिकार पाउनेछन।
स्रोतका अनुसार सन् २०२२ अप्रिल अन्त्यमा ईयु संसदमा आप्रवासी कामदारको लागि केहि नयाँ प्रस्ताव पेश हुनेछ।
तर यो प्रस्ताव पास भएको खण्डमा कार्यन्वयनमा आउन समेत महिनौ वा केहि बर्ष लाग्न सक्ने जानकारहरुले बताएका छन्। ईयुले ल्याएको यस्तो प्रस्ताव सदस्य मुलुकहरुले आफु अनुकुल कार्यन्वयन गर्नुपर्ने र सहमति जनाउनु पर्ने भएकोले यदि प्रस्ताव पास भएमा पनि कार्यन्वयनमा केहि समय लाग्ने देखिन्छ।

Kamal Panthi

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago