काठमाडौं: नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले काठमाडौं–नारिता सेक्टरमा सातामा ३ उडान सञ्चालन गर्ने भएको छ । हाल निगमले यो सेक्टरमा हप्तामा दुई उडान मात्रै गरिरहेको छ । निगमले आगामी २०२२ को मे १ तारिखदेखि प्रत्येक आइतबार, मंगलबार र शुक्रबार गरी हप्ताको ३ उडान सञ्चालन गर्ने निगमले जनाएको छ । उक्त सेक्टरमा जापान सरकारको नियमानुसार आइतबार र मंगलबारको उडानमा जम्मा १४० यात्रुहरु एवं शुक्रबारको उडानमा जम्मा १२० जना यात्रुहरु मात्र बोक्न पाइने हुनाले यात्रु चाप एवं मागको तुलनामा सिट संख्याको उपलब्धता ज्यादै न्यून रहेको छ ।
जहाजको क्षमता भन्दा करिब आधा कम क्षमतामा काठमाडौं–नारिता यात्रु बोक्न परेको हुनाले स्वाभाविक रुपमा हाल भाडादर समेत केही मंहगो हुन गएको निगमले जनाएको छ । काठमाडौैं–नारिता सेक्टरमा करसहित विजनेश क्लासमा १ लाख ५२ हजार रुपियाँ रहेको छ भने इकोनोमी क्लासमा १ लाख १९ हजार ७ सय भाडादर कायम गरिएको छ । तोकिएको मूल्य भन्दा बढी भाडा लिई टिकटहरु विक्रि वितरण नगर्न निगमले सचेत गराएको छ र बढी भाडा असुलेको पाइएमा निगमनमा उजुरी गर्न समेत अनुरोध गरेको छ ।
काठमाडौं–नारिता सेक्टरमा सिट संख्या बढाउन नेपाल स्थित जापानी राजदुतावासलाई अनुरोध गरिसकिएको भए पनि अहिलेसम्म कुनै सुनुवाई भएको छैन । नारिता–काठमाडौं सेक्टरमा भने जहाज पूर्ण क्षमतामा उडान भइरहेको निगमनले जनाएको छ ।
काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…