अब युरोपमा आप्रवासीलाई तिन बर्षमै पीआर दिने, ईयुका सबै देशमा काम गर्न पाउने !

काठमाडौं : युरोपेली संघले गैर ईयु आप्रवासीलाई लक्षित गरेर नयाँ प्रस्तावमाथि छलफल सुरु गरेको छ।
युरोपेली संघले अहिले आफ्ना सदस्य देशमा ५ बर्ष कानुनि रुपमा बसेका आप्रवासीलाई पिआर दिने नियमका परिवर्तन गर्ने र केहि सहज बनाउने संकेत गरेको हो।
युरोपेली आयोगको अध्ययनले ईयु – लंग टर्म रेसिडेन्ट कार्ड लिएका गैर युरोपेली आप्रवासीलाई ईयु देशमा स्वतन्त्र ढंगले काम गर्न वा सामाजिक सुरक्षा कार्यक्रम उपभोग गर्न कठिन रहेको निष्कर्ष निकालेको थियो। लगत्तै ईयु आयोगले यो नियमलाई व्यवहारिक बनाउन केहि परिमार्जन गर्ने तयारि थालेको थियो।
अहिले युरोपेली संसदमा पेश गर्ने बिषयमा छलफलमै रहेको यो एजेन्डा पास भएमा गैर- ईयु आप्रवासीले तिन बर्षमै ईयु- पीआर (ईयु लंग टर्म रेसिडेन्ट) परमिट आवेदन दिन सक्नेछन भने अन्य ईयु नागरिक सरह उक्त पिआरले सबै ईयु देशमा काम गर्ने अधिकार पाउनेछन।
स्रोतका अनुसार सन् २०२२ अप्रिल अन्त्यमा ईयु संसदमा आप्रवासी कामदारको लागि केहि नयाँ प्रस्ताव पेश हुनेछ।
तर यो प्रस्ताव पास भएको खण्डमा कार्यन्वयनमा आउन समेत महिनौ वा केहि बर्ष लाग्न सक्ने जानकारहरुले बताएका छन्। ईयुले ल्याएको यस्तो प्रस्ताव सदस्य मुलुकहरुले आफु अनुकुल कार्यन्वयन गर्नुपर्ने र सहमति जनाउनु पर्ने भएकोले यदि प्रस्ताव पास भएमा पनि कार्यन्वयनमा केहि समय लाग्ने देखिन्छ।

Kamal Panthi

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago