सुनसरी — सुनसरी क्षेत्र नम्बर–१ मा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।
आइतबार दिउँसो सार्वजनिक अन्तिम मतपरिणामअनुसार राईले ३५ हजार ७४१ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्। यससँगै प्रतिनिधिसभामा श्रम संस्कृति पार्टीबाट निर्वाचित हुने सांसदको संख्या २ पुगेको छ।
उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की गोमा तामाङ ‘सरिन’ले २७ हजार २४९ मत प्राप्त गर्दै दोस्रो स्थान हासिल गरिन्।
त्यसैगरी नेकपा एमालेका टीकाराम लिम्बूले ६ हजार ४६३ मत प्राप्त गर्दा नेकपाका सूर्यबहादुर भट्टराईले ६ हजार १८५ मत ल्याएका छन्।
प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिनका लागि राईले यसअघि धरान उपमहानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका थिए
काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…