काठमाडौं : सेयर कारोबार रकम निकै संकुचन आएको छ । वित्तीय प्रणालीमा तरलता अभावका कारण सेयर बजार पनि प्रभावित भएको हो । यस दिन नेप्से सूचक १.३९ अंकले घटेर २७३२.५२ विन्दुमा अडिएको छ । २ अर्ब २७ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । यो खरिदबिक्री रकम तुलनात्मकरुपमा निकै कम हो । तरलता सहज नहुँदा केही समययता नेप्से सूचकका साथमा खरिदबिक्री रकममा गिरावट आइरहेको छ ।
बजार सुस्त भइरहँदा सबैको ध्यान मौद्रिक नीतिको अर्थ वार्षिक समीक्षातर्फ केन्द्रित भएको छ । केन्द्रीय बैंकले आज, भोलीतिर नै मौद्रिक नीतिको अर्थ वार्षिक समीक्षा तयारी गरिहरेको छ । सोही कारण सबैको ध्यान उसैतिर केन्द्रत भएको छ ।
केन्द्रीय बैंकले तरलता सहज बनाउने उपकरणहरु ल्याउनेमा लगानीकर्ताहरु आशावादी भएका छन् । आयातलाई निरुत्साहित गर्ने तथा, भुक्तानी सन्तुलनको अवस्था बिग्रिन नदिने गरी केन्द्रीय बैंकले केही नीतिगत व्यवस्थाहरु गर्न सकेमा यस कदमले तरलता सहज पार्न समेत सहयोग पुग्ने अपेक्षा गर्न सकिन्छ । सरकारले स्थानीय तहको निर्वाचन वैशाख ३० गतेका लागि घोषणा गरिसकेको छ । निर्वाचन माहोल बनिरहँदा सेयर बजारमा भने त्यसको सकारात्मक प्रभाव देखिएको छैन ।
निर्वाचन घोषणापछि बजार झनै् कमजोर देखिएको छ । यसको कारण भनेको वित्तीय प्रणालीमा तरलता संकुचन नै हो । तरलता वृद्धि गर्न भनेरै बैंकहरुले ब्याजदर वृद्धि गरेका छन् । तथापि, अहिलेसम्म यसले पनि राम्रोसँग काम गरिसकेको अवस्था छैन । तथापि, आगामी दिनहरु सुनौला बन्दै जाने अपेक्षा गर्न सकिन्छ ।
बजार घट्दा होस् वा बढ्दा, लगानीकर्ताले कम्पनीहरुले सार्वजनिक गरेका वित्तीय विवरणहरु, सम्बद्ध कम्पनीको व्यवस्थापन र सञ्चालकहरुका बारेमा पनि अध्ययन गर्नुपर्छ । यस्तै, सम्बद्ध क्षेत्रमा व्यवसायको अवसर र प्रतिस्पर्धातर्फ पनि ख्याल गर्नुपर्छ । लगानीकर्ताले कुन उद्देश्यले सेयर किन्ने हो रु आफू इन्भेष्टर र कि ट्रेडर भन्नेसमेत ध्यान दिंदै सोही अनुसार रणनीतिहरु तय गर्नुपर्ने हुन्छ ।
सबल वित्तीय सूचक भएका कम्पनीहरुमा सकेसम्म दीर्घकालीन हिसाबले लगानी गर्न सके लाभ लिन सकिने अनुभवीहरु बताउँछन् । यसैगरी, लगानी गरिने क्षेत्र तथा समूहहरुको तुलनात्मक अध्ययन, इन्डस्ट्री ग्रोथ रेट लगायतका सूचकहरुमा पनि लगानीकर्ताले अध्ययन गर्नुपर्ने हुन्छ ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…