पाल्पामा २० वडाको मतपरिणाम सार्वजनिक, १ वडामा स्थगित

२०७९, १ जेष्ठ आईतवार १२:५१

पाल्पामा ११ नेकपा एमाले, ८ नेपाली काग्रेस र १ नेकपा माओवादी केन्द्र र १ वडाको परिणाम स्थगित

तानसेन १ जेठ

पाल्पामा २० वडाकाे मतगणना सम्पन्न भएकाे छ । याे समाचार तयार पार्दासम्म मतगणना सम्पन्न भएका वडा मध्ये नेकपा एमालेले ११ वडामा विजय हासिल गरेको छ भने नेपाली काग्रेसले ८ वडा, नेकपा माओवादी केन्द्रले १ वडामा विजय हासिल गरेको छ भने १ वडाको परिणाम स्थगित भएको छ ।

नेकपा एमालेबाट निस्दी गाउँपालिको वडा नंं १ वाकामलाङमा यम बहादुर राना विजयी भए । उनले नेपाली काग्रेसका पुर्ण बहादुर खाँण लाई २८ मतले पराजित गरे । वडा नंं २ सहलकोटमा एमालेकै फत्ते सिं दर्लामी विजयी भए । उनले नेपाली काग्रेसका यम बहादुर मश्राङ्गीलाई ३१७ मत अन्तरले पराजित गरे ।

रामपुर नगरपालिका वडा नंं १० मा नेकपा एमालेका तोयनाथ सारु विजयी भए । सारुले नेपाली काग्रेसका थमन बहादुर सारु लाई पराजित गरे । पुर्वखोला गाउँपालिका वडा नंं १ मा नेकपा एमाले बाट गिरमान आले विजयी भए । आलेले नेपाली कागं्रेसका चुन बहादुर थापा लाई १००२ मतले पराजित गरे । वडा नंं २ जल्पामा नेकपा एमलेकै निर बहादुर सारु विजयी भए । सारुले नेपाली काग्रेसका गोपाल राना लाई ३२३ मतले पराजित गरे । वडा नं. ३ रिङनेरहमा नेकपा एमालेका कृष्ण प्रसाद भट्टराई विजयी भए । भट्टराईले नेपाली काग्रेसका उमान सिं सुनारी लाई ८१७ मतले पराजित गरे । माथागढी गाउँपालिका वडा नं. १ चिदीपानीमा नेकपा एमालेका राजकुमार पंन्थी विजयी भए । पन्थीले नेपाली काग्रेसका महेन्द्र बहादुर जि.सी. लाई २२१ मतले पराजित गरे । रिव्दीकोट गाउँपालिका वडा नंं १ ख्याहामा नेकपा एमालेका चिरञ्जिवी पोखरेल विजयी भए । पोखरेलले नेपाली काग्रेसका रामचन्द्र पाण्डेलाई ६ मतले पराजित गरे ।

तिनाउँ गाउँपालिका वडा नंं १ कचलमा नेकपा एमालेका भुवन सिं चिदी विजयी भए । चिदीले नेपाली काग्रेसका हस्त बहादुर रास्कोटीलाई १६२ मतले पराजित गरे । वडा नंं २ दोभानमा नेकपा एमालेका यादव प्रसाद अर्याल विजयी भए । अर्यालले नेकपा माओवादी केन्द्रका दिनेश घर्ति क्षेत्री लाई ९४ मतले पराजित गरे । रैनादेवी छहरा गाउँपालिका वडा नंं ८ सत्यवतीमा नेकपा एमालेका रेम बहादुर राना विजयी भए । रानाले नेपाली काग्रेसका थमान बहादुर रानालाई पराजित गरे । यसैगरी नेपाली काग्रेसले ६ वडामा विजय हासिल गरेको छ ।

तानसेन नगरपालिकाको वडा नंं १ मिशन गोर्खेकोटमा सुनिल कुमार बस्याल विजयी भएका छन । बस्यालले नेकपा एमालेका खडानन्द न्यौपाने लाई ३२४ मतले पराजित गरे । वडा नं. २ मेहलधारा, बडीज्ञानटोलमा नेपाली काग्रेसका महेश्वरलाल श्रेष्ठ विजयी भए । श्रेष्ठले नेकपा एमालेका मदनलाल बज्राचार्य लाई ४१२ मतले पराजित गरे । वडा न‌ ३ भगवतिथानमा नेपाली काग्रेसका वावुरत्न शाक्य विजयी भएका छन । उनले नेकपा एमालेका महेशलाल शाक्य लाई २११ मतले पराजित गरे ।  वडा न‌ ४ सिलखानटाेलमा नेपाली काग्रेसका हेमन्त राज शाक्य विजयी भएका छन । उनले नेकपा एमालेका उमनाथ घिमिरे लाई २२२ मतले पराजित गरे ।

रामपुर नगरपालिका वडा नंं १ गाँडाकोटमा कपिल बहादुर खाँण विजयी भए । कपिलले नेकपा एमालेका मिन बहादुर खाँण लाई १९६ मतले पराजित गरे । माथागढी गाउँपालिका वडा नंं ८ बहादुरपुरमा नेपाली काग्रेसका दिल बहादुर ढेंगा विजयी भए । ढेगांले नेकपा एमालेका नारायण सिं ठाडा लाई १०४ मतले पराजित गरे । वडा नंं ७ रहवासमा नेपाली काग्रेसका जंग बहादुर दर्लामी विजयी भए । दर्लामीले नेकपा एमालेका नेत्र बहादुर थापा लाई १०५ मतले पराजित गरे । बगनासकाली गाउँपालिका वडा नंं ९ चापपानीमा नेपाली काग्रेसका थानेश्वर तिमिल्सिना विजयी भए । तिमिल्सीनाले नेकपा एमालेका रण प्रताप खाण लाई ३९६ मतले पराजित गरे । नेकपा माओवादी केन्द्रले १ वडामा विजय हासिल गरेको छ । रैनादेवी छहरा गाउँपालिका वडा नंं १ सिद्धेश्वरमा नेकपा माओवादी केन्द्रका सोम बहादुर दर्लामी विजयी भए । दर्लामीले नेकपा एमालेका रोशन बुढा लाई ३५ मतले पराजित गरे ।

यसैगरी रम्भा गाउँपालिका वडा नंं ५ ताहुँमा नेकपा एमाले विजय भएको घोषणा गरिएपनि खसेको मत भन्दा परिणामको मत बढी भएपछी मतगणना स्थगित भएको छ । पाल्पाको अहिले सम्मको परिणाममा जनताले पाटी र उम्मेदवार परिवर्तन गरेका छन । नेकपा एमालेले २०७४ सालको स्थानीयतह निर्वाचनमा गुमाएका ४ वडामा जित हासिल गरेको छ भने नेपाली काग्रेसले २०७४ सालको स्थानीयतह निर्वाचनमा गुमाएका २ वडामा जित हासिल गरेको छ । नेकपा माओवादी केन्द्रले २०७४ सालको स्थानीयतह निर्वाचनमा जितेको १ वडा गुमाएको छ । अन्य १२ वटा वडामा २०७४ सालकै परिणाम कायम रहेको छ ।

Comments

ताजा खबर