भरुवा बन्दुक सहित ४ जना प्रहरीको नियन्त्रण

२०८०, १३ चैत्र मंगलवार १८:५२

पाल्पा । भरुवा बन्दुक सहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । चैत्र १२ गते अन्दाजी २०:०५ बजेको समयमा जिल्ला पाल्पा रैनादेवी छहरा गा.पा. ७ पहेलाघाट बाट उनीहरुलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । अस्थाइ प्रहरी पोस्ट बेलबासको टोलीले गस्ती गर्ने क्रममा उनिहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा रैनादेबीछहरा ८ ईटीया बस्ने बर्ष ५६ को बिनोद थापा, जिल्ला रुपन्देही सैनामैना न.पा. ५ बस्ने बर्ष ३१ को सन्तोष राना र जिल्ला रुपन्देही सैनामैना न.पा. १० बस्ने बर्ष ४१ को सुकई थारु रहेका छन । बाटोमा हिडिरहेको अवस्थामा शंका लागि चेकजाँच गर्ने क्रममा सुकई थारुको साथबाट भरुवा बन्दुकमा प्रयोग हुने छर्रा र बारुद सहित फेला पारी तिनैजनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । उनीहरुलाई सोधपुछ गर्दा जिल्ला पाल्पा रैनादेबी छहरा गा.पा ७ धावा बस्ने बर्ष २४ को बुद्द बहादुर भन्ने रमेश कुमालको घरमा भरुवा बन्दुक रहेको भनि खुल्न आएकोमा निजको घरमा गई खानतलासी गर्दा १ नाले भरुवा बन्दुक थान १ सहित फेला परेका थिए । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय पाल्पाबाट आवश्यक अनुसन्धान कार्य भईरहेको पाल्पा प्रहरीले जनाएको छ ।

Comments

ताजा खबर