हरीयालि गाँउबाट बुटवल जाने बस काठ सहित प्रहरी नियन्त्रणमा

२०८०, २ जेष्ठ मंगलवार २२:१९

अवैध काठ बरामद

पाल्पा । हरीयालि गाँउबाट बुटवल तर्फ जादै गरेको बसलाई अबैध काठ सहित प्रहरीले नियन्त्रणमा लिएको छ । जेठ ०२ गते तिनाउ ३ पैठेडाँडाबाट बसलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रहरीले चेक जाच गर्ने क्रममा लु २ ख ५९०३ नम्बरको बसलाई प्रहरी चौकी दोभानले भेट्टाएको थियो । चेकजाचका क्रममा तिनाउ गा.पा. २ बस्ने भिम बहादुर खत्रीले सोही बसको छतमा लुकाई छिपाई लैजादै गरेको अवस्थामा १८.२ क्युफिट सालजातको काठ फेला पारेको थियो । बरामद गरेको बस सहित काठ र निज भिम बहादुर खत्रीलाई आवश्यक कारवाहीको लागि डिभिजन बन कार्यालय तानसेन पाल्पा पठाइएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु