राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतम काठमाडौं २ मा विजयी

२०७९, ७ मंसिर बुधबार ०७:५४

राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतम काठमाडौं क्षेत्र नम्बर २ मा विजयी भएकी छन्। घन्टी चुनाव चिह्न भएकी २७ वर्षीया गौतम आफ्ना निकट प्रतिस्पर्धीलाई साढे तीन हजारभन्दा बढी मतले हराउँदै विजयी भएकी हुन्।

निर्वाचन आयोगले दिएको पछिल्लो मत परिणाम अनुसार गौतमले १५२२९ मत पाएकी छन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका मणिराम फुयालले ११५५५ मत प्राप्त गरेका छन्। उनीहरूको मतान्तर ३६७४ छ।

सोविता गौतमले त्रिभुवन विश्वविद्यालयको नेसनल ल कलेजबाट कानुन विषयमा स्नातक गरेकी छन्। उनले अधिवक्ताका रूपमा र पत्रकारिता क्षेत्रमा समेत काम गरेकी छन्। उनी २०५२ सालमा दोलखाको तामाकोशी गाउँपालिका जामुनेमा जन्मिएकी हुन्।

Comments

ताजा खबर