काठमाडौं । प्रधानमन्त्री कप (पीएम कप) पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आज समूह ‘बी’ का दुई खेल हुँदैछन् । मुलपानीक्रिकेट मैदानमा बागमती र लुम्बिनी प्रदेशबीच खेल हुनेछ भने कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा प्रदेश २ र सुदूरपश्चिमबीच खेलहुनेछ ।
यसअघि लगातार तीन खेल जित्दै अपराजित रहेको बागमती सेमिफाइनल नजिक छ । तर सेमिफाइनलमा स्थान पक्का भने भइसकेकोछैन । त्यसैले लुम्बिनीलाई पराजित गरेमा बागमतीले अन्य खेलको नतिजा पर्खनुपर्ने छैन र समूह ‘बी’ को विजेता बन्दै सेमिफाइनलपुग्नेछ ।
पहिलो खेलमै साविक विजेता नेपाल पुलिस क्लबलाई पराजित गरेको बागमतीले त्यसयता सुदूरपश्चिम र प्रदेश २ लाई पराजित गरेकोथियो । ३ खेलबाट ६ अंकसहित बागमती समूहको शीर्ष स्थानमा छ ।
उता लुम्बिनीले भने सेमिफाइनल होड कायम राख्न बागमतीलाई हराउनैपर्ने छ र पुलिस र प्रदेश २ बीच हुने अन्तिम खेलको नतिजा पनिपर्खनुपर्ने छ । प्रदेश २ लाई पहिलो खेलमा पराजित गरेको लुम्बिनी दोस्रो खेलमा नेपाल पुलिससँग पराजित भएको थियो । तेस्रो खेलमासुदूरपश्चिमलाई पराजित गरेको लुम्बिनीको ३ खेलबाट ४ अंक छ ।
यस्तै लगातार तीन खेल हार्दै समूह चरणबाट बाहिरिसकेको सुदूरपश्चिम अन्तिम खेललाई सुखद बनाउन चाहन्छ । प्रदेश २ ले पनिअहिलेसम्म खेलेका दुई वटै खेल हारेको छ । त्यसैले दुवै टोली पहिलो जितको खोजीमा छन् ।
प्रदेश २ ले समूहको अन्तिम खेल पुलिससँग खेल्नेछ ।
समूह ‘ए’ बाट यसअघि नै दुई विभागीय टोली त्रिभुवन आर्मी र एपीएफले सेमिफाइनलमा स्थान पक्का गरिसकेका छन् ।
जापान । जापानबाट नेपाल लगायत विश्वका विभिन्न देशहरुमा पैसा पठाउँदै आइरहेको फोरेक्स रेमिटेन्सले मोवाईल एप्लिकेसन…
बिर्तामोड। अनारमनी सोशल यूथ क्लबले आयोजना गरेको बिर्तामोड रनको तेस्रो संस्करण आगामी १४ कार्तिक २०८१…
दमक, उत्प्रेरक उद्यमी समाज बिर्तामोड ४, झापाको दोस्रो वार्षिक साधारण सभा आज सफलतापूर्वक सम्पन्न भएको…
काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सहकारी ठगी प्रकरणमा प्रहरीले शुक्रबार पक्राउ गरेको…
काठमाडौ: समकालीन विश्वमा चीन दोस्रो ठूलो कार बजार र अर्थतन्त्रको आकारमा पनि दोस्रो स्थानमा रहेको…
काठमाडौ। लण्डन, ओन्टारियोको प्रतिष्ठित म्युजिक हलमा हुन लागेको नेपाली गायक सबिन राई एण्ड द फरोजको…