युनिभर्सल युनाइटेड नेप्लीज तेक्वान्दो महासंघमा जापानबाट सिद्धार्थ श्रेष्ठ चयन ।

जापान । अधिवेशनमा विश्वभरका तेक्वान्दो खेलाडी, प्रशिक्षक र नेतृत्वकर्ताहरूको सहभागिता रहेका थिय ।

प्रमुख अतिथि सान डिएगोका महावाणिज्यदूत ऋषि ढकालले नेपाली तेक्वान्दोको विश्वव्यापी प्रभावको चर्चा गर्दै अन्तर्राष्ट्रिय स्तरमा खेलकुदको प्रवर्द्धनका लागि निरन्तर प्रयास गर्न प्रेरित गरे। उनले नेपाली समुदायको एकताप्रति गर्व व्यक्त गर्दै यूएनटीएफका आगामी कार्यक्रममा साथ र समर्थन गर्ने प्रतिवद्धता व्यक्त गरे।

श्री पशुपतिनाथ तथा बुद्ध मन्दिरमा अधिवेशनको उद्घाटन निवर्तमान अध्यक्ष सन्तोष प्रधान, महावाणिज्यदूत ऋषि ढकाल, समाजसेवी वेद भक्त जोशी, सल्लाहकार दिवाकर महर्जन, नेपाल अमेरिका एकता समाजका अध्यक्ष रोशन अधिकारी, र मन्दिरका अध्यक्ष रामेश्वर भण्डारीले संयुक्तरूपमा दीप प्रज्वलन गरेर गरेका थिए। उद्घाटन समारोहको सञ्चालन मुना प्याकुरेलले गरेकी थिइन्।

जापानबाट प्रतिनिधित्व गर्दै युनिभर्सल युनाइटेड नेप्लीज तेक्वान्दो महासंघमाको महाधिवेशनबाट सिद्धार्थ श्रेष्ठ सदस्यपदमा चयन भएका छन। यस महासंघले बिभिन्न देशमा रहेर नेपाली खेलकुद र खेलाडीहरूको बिकासका लागि सकारात्मक सहयोग गर्दै आईरहेको छ । श्रेष्ठले जापानमा NRNA अभिनय संगै तेक्वान्दो लाई पनि संगै लाउनु पर्छ भन्ने उदेस्य सहिति यस्मा सदस्य भएको जानाकारि दिए । 

बिभिन्न देशबाट प्रतिनिधित्व गर्दै वरिष्ठ उपाध्यक्षमा किसन सिंह बराल थापा र जगन लाल श्रेष्ठ, उपाध्यक्षमा हरिहर पाण्डे, महासचिवमा गणेश थापा, सचिव तथा प्रवक्तामा राजु थापा, कोशाध्यक्षमा अमृत महतो र सदस्यहरूमा ज्वाला कार्की, महादेव धानुक, रुपा स्यान्तान, दीपक राना, उमेश राज भण्डारी, मिनु कार्की महर्जन, अर्जुन खड्का, कौशिला खनाल, राजु तिमल्सिना, नरेश कुमार श्रेष्ठ, सुरज श्रेष्ठ, ऋतु जिम्मी राई, र नन्दु विष्ट निर्वाचित भएका छन्।

Bishawas Acharya

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago