जापानमा छक्का पन्जा ५ प्रदर्शन गरिने ।

जापान ।नेपालि चलचित्र छक्का पन्जा ५ जापानमा देखाईने भएको छ ।

जापानका ४५ वटा शहरहरुमा प्रदर्शन हुने यो पहिलो नेपालि चलचित्र हो । चलचित्र प्रदर्शनको आयोजना गरेको कम्पनि भिजोनिया का सञ्चालक सुवास लामिछानेका अनुसार अक्टोबर १३ मा उक्त चलचित्र टोकियो स्थित मेगुरो पर्सिमन (MEGURO PERSIMMON HALL) हलमा प्रदर्शन गरिदैछ भने अन्य ४४ शहरमा फरक फरक मितिमा देखाईनेछ । छक्का पन्जा सिरिजको यो अध्यायमा भने प्रेम सम्बन्ध, र सो सँग सम्बन्धित विभिन्न घटनाक्रमहरुलाई व्यांग्यात्मक रुपमा चित्रण गरिएको छ ।

यसको गित तलाई सपिङ गरिदिएको पैसा फिर्ता ले अहिले सामाजिक संजालमा निकै नै भाईरल भैरहेको छ । खासगरी मनोरञ्जनात्मक रुपले निर्माण गरिएको यो चलचित्रमा सामाजिक सन्देशहरुको पनि कमि छैन । जापानका अन्य शहरहरुमा पनि विभिन्न मितिमा प्रर्दशन हुने छ , दर्शकहरुको सुविधालाई मध्यनजर गर्दै अनलाईन टिकट प्रणालीको व्यवस्था गरिएको छ जसमा इच्छुक दर्शकहरुले (https://dcticketing.com/) बाट टिकट लिन पाउँनेछन । दीपाश्री निरौला ले निर्देशन गरेको चलचित्रमा दीपकराज गिरी, केदार प्रसाद घिमिरे र दिलीप तामाङको कथा, पटकथा र संवादहरु छन ।  dcticketing.com

Bishawas Acharya

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago