“गुल्मेली गायक रामचन्द्र चन्दको उपचार सहयोगार्थ विशेष साङ्गीतिक साँझ असोज १४ गते जमलमा हुँदै”

काठमाडौँ । गुल्मेली गायक रामचन्द्र चन्दको उपचार सहयोगार्थ विशेष साङ्गीतिक साँझ असोज १४ गते साँझ राष्ट्रिय नाचघर, जमलमा आयोजना हुँदैछ। ग्रीन सिटी हस्पिटलको प्रायोजन तथा गुल्मी कलाकार समाजको आयोजनामा यो साँझलाई विजया दशमीको शुभकामनासहित प्रस्तुत गरिएको छ, जसको नारा ‘रोग बाँड्न सकिन्न, दुख बाँड्न सकिन्छ’ रहेको छ।

गुल्मी कलाकार समाजकी अध्यक्ष मञ्जु पौडेलले बिहीबार आयोजित पत्रकार सम्मेलनमा साङ्गीतिक साँझको उद्देश्य गायक चन्दको उपचारमा सहयोग जुटाउन रहेको जानकारी दिइन्। वरिष्ठ लोक गायक बम बहादुर कार्कीले पनि कलाकारको उपचारका लागि कलाकारहरूले नै साथ दिनु पर्ने बताउँदै, यो कार्यक्रम चन्दा संकलनको लागि नभएको भन्दै सहभागीहरूलाई अप्ठ्यारो नमान्न आग्रह गरे।

राष्ट्रिय लोक सञ्चारकर्मी नेपालका अध्यक्ष चन्द्रमणि गौतमले कलाकार र सञ्चारकर्मी एकअर्काका परिपूरक भएकाले साँझ सफल बनाउन सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए। पत्रकार टंक पन्तले पनि सहयोगी मनहरूलाई कार्यक्रममा सहभागी भई गायक चन्दको उपचारमा सहयोग गर्न आग्रह गरे।

गायक रामचन्द्र चन्दले पनि आफ्नो उपचारका लागि गरिएको यो पहललाई ऐक्यबद्धता जनाउँदै, साङ्गीतिक साँझको आयोजनाले उनको सपना पूरा गर्न सहयोग पुर्‍याउने बताए। कोरोना महामारीको समयमा खुट्टामा समस्या देखिएपछि उनी स्टेज कार्यक्रममा उपस्थित हुन पाएका थिएनन्। अप्रेसनपछि लामो समयसम्म आराम गर्नुपर्ने भएकाले, सहयोग जुटाउन यो कार्यक्रमको आयोजना गरिएको हो।

गुल्मीको मदाने गाउँपालिका १ अग्लुङमा जन्मिएका गायक चन्द १८ वर्षदेखि लोक दोहोरी क्षेत्रमा सक्रिय छन्। ‘माया सारै छ’बाट गायनमा डेब्यू गरेका उनले ‘गुल्मीको शान’, ‘भिरमा रुँदै छु’, ‘धोको फेरम्ला’, ‘मुटु गाँठो’, ‘सूर्यमुखी फुल’, ‘तीन फर्के डोरी’ लगायतका एक सयभन्दा बढी गीतमा स्वर दिइसकेका छन्।

साङ्गीतिक साँझमा चन्दले आफ्ना लोकप्रिय गीतहरू लाइभ प्रस्तुत गर्नेछन्, जसमा उनलाई लोक गायिकाहरू लक्ष्मी न्यौपाने, शर्मिला गुरुङ, टिका पुन, शान्ति श्री परियार, टिका प्रसाईँ, जमुना राना, कमला पोखरेलले साथ दिनेछन्। समाजका प्रवक्ता तुलसिंह रनपछाईका अनुसार, यो साँझलाई सफल बनाउन व्यक्ति तथा संस्थागत सहयोग जुटाइएको छ। प्रवेश निःशुल्क गरिएको छ भने कार्यक्रमलाई व्यापक जनसमर्थन जुटाउने प्रयास भइरहेको छ।

Sanjay poudyal

Share
Published by
Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago