जापान । रोल्पालीहरुको साझा संस्था रोल्पाली सेवा समाज शाखा जापानको मिति २०२४-९-२२ तारिक आईतबारको दिन जापानको राजधानी राईनो किचन सुगामो टोकियो मा तेस्रो अधिबेशन सम्पन्न भएकोछ ।
सस्थाको अध्यक्ष भीम बहादुर बुढाथोकी सभापतित्वमा प्रमुख अतिथी NRNA क्यूशूका उप-संयोजक श्री कृष्ण हरी पाठक र विशिष्ट अतिथि ग्लोबल फोरम जापानका महा-सचिव गंगा लाल जि आर अतिथीहरु जापान शाखा सल्लाहकार बसन्ती घर्ती /के.सी., रोल्पाली बुद्धिजीवी ओम प्रकाश पुन मगर, रोल्पाली सेवा समाज केन्द्रिय वरिष्ठ उपाध्यक्ष कमल बाँठा रहेका थिए ।
केवल प्रसाद व़ली को नेतृत्वमा तेस्रो कार्यसमितीमा वरिष्ठ-उपाध्यक्ष ओम प्रकाश पुन मगर, उपाध्यक्षहरु शान्ति घर्तीमगर, तेज कुमारी परीयर, रवीन्द्र बुढामगर, महासचिबमा प्रकाश चन्द्र बुढामगर, सचिवमा गणेशमान के.सी., कोषाध्यक्षमा दीपिका पुन, सह-कोषाध्यक्षमा मोहन घर्ती मगर, प्रवक्तामा निर्मल कुमार गुरुङ, सदस्यहरुमा पृथ्वी प्रसाद बुढा, प्रीति चन्द, रोशन घर्तीमगर, हिमान पुन मगर, तारा राना मगर, कल्पित परीयर, अन्जु बुढामगर, संगीता बुढामगर, रविकिरण डागी, मनोज पुन, भीम कुमारी थापा चयन भएका छन । प्रमुख सल्लाहकार:-बसन्ती घर्ती/केसी, सल्लाहकारमा कुबेर व़ली, कमानसिङ बुढामगर, संरक्षकहरु कमल बाँठा, भिम बहादुर बुढाथोकी रहेका छन् ।
कार्यक्रम संचालन रवीन्द्र बुढामगर ले गरेका थिए भने रोल्पाली सेवा समाज जापान का वरिष्ठ उपाध्यक्ष केवल प्रसाद व़लीले उपस्थित सबैलाई स्वागत मन्तब्य बाट स्वागत गरेका थिए ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…