काठमाडौँ- अविरल वर्षाका कारण उत्पन्न बाढी र पहिरोको जोखिमलाई मध्यनजर गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका विद्यालय तीन दिनका लागि बन्द गर्न स्थानीय तहलाई अनुरोध गरेको छ। मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद भट्टराईले यस विषम परिस्थितिमा विद्यालय भवनलाई आकस्मिक व्यवस्थापनका लागि उपयोग गर्नुपर्ने हुनाले यो निर्णय लिइएको जानकारी गराएका छन्।
बाढी र पहिरोले धेरै स्थानमा विद्यालय र विश्वविद्यालयका भवनहरूमा क्षति पुर्याएको, विद्यार्थी तथा अभिभावकहरू प्रभावित भएको र यातायात समेत अवरुद्ध भएकोले, विद्यालय बन्द गर्ने निर्णय आवश्यक भएको बताइएको छ। साथै, भौतिक क्षतिको विवरण मन्त्रालयमा पठाउनसमेत आग्रह गरिएको छ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…