सप्तकोशी नदीमा जलसतह खतरा तहभन्दा माथि, कोशीमा पानीको बहाव ५६ वर्षयताकै बढी

सप्तकोशी नदीमा पानीको बहाव ५६ वर्षयताकै उच्च रहेको छ। कोशी ब्यारेज कन्ट्रोल रूमका अनुसार आज बिहान ३ बजे गरिएको मापनमा बहाव प्रतिसेकेन्ड ६ लाख ४३ हजार ५४० क्युसेक पुगेको छ। यसअघि सन् १९६८ को अक्टोबर ५ मा कोशीमा अहिलेसम्मकै उच्च बहाव प्रतिसेकेन्ड ७ लाख ८८ हजार २०० क्युसेक मापन गरिएको थियो।

कोशीको जलसतह लगातार बढ्दै गएको र खतरा तहभन्दा ११.२६ मिटरमाथि पुगेकोले सबै ५६ ढोका खोलिएको छ। जलसतहको जोखिमका कारण सुनसरी, उदयपुर, र सप्तरीका होचा भूभागमा डुबानको खतरा बढेकोले सुरक्षित स्थानमा जान सतर्कता अपनाउन सप्तकोशी चतरा जलमापन केन्द्रले सूचना जारी गरेको छ।

पानीको बहाव उच्च भएकाले मानिस र सवारीसाधनको आवागमन अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले जानकारी दिएका छन्।

सप्तकोशी नदीमा जलसतह खतरा तहभन्दा माथि पुगेको छ, र अझै बढ्दो क्रममा रहेकोले उदयपुर, सुनसरी, र सप्तरीका बाढीबाट कटान हुनसक्ने क्षेत्र तथा डुबानको सम्भावना भएको होचा भूभागमा नबस्न, साथै सुरक्षित स्थानमा जान सप्तकोशी चतरा जलमापन केन्द्रले सूचना जारी गरेको छ।

कोशी ब्यारेज भएर लगातार पानीको बहाव बढ्दै गएकोले मानिस र सवारीसाधनको आवागमन अर्को सूचना जारी नहुँदासम्मका लागि बन्द गरिएको जानकारी सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले दिएका छन्।

शनिबार बिहान ६ बजे प्रतिसेकेन्ड ३ लाख ३६ हजार १० क्युसेकको मापन गरिएको पानीको बहाव शनिबार साँझ ८ बजे ४ लाख १८ हजार २८५ क्युसेक पुगेको थियो। शनिबार राति १२ बजे ५ लाख ७ हजार ६९० क्युसेक र आज बिहान २ बजे ६ लाख ३२ हजार २८५ क्युसेक पानीको बहाव मापन गरिएको छ।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago