झापा कप–२०८१: उद्घाटन खेल त्रिभुवन आर्मी क्लब र मोरङ एलएक्स सिटी बीच हुने

बिर्तामोड, झापा–११ फुटबल क्लबको आयोजनामा मंसिर २९ गतेदेखि सुरु हुने ‘झापा कप–२०८१’ को खेल तालिका सार्वजनिक भएको छ। प्रतियोगिताको उद्घाटन खेल काठमाडौँको त्रिभुवन आर्मी क्लब र मोरङको एलएक्स सिटी फुटबल क्लबबीच हुनेछ।

डोमालाल राजबंशी रंगशालामा आयोजित कार्यक्रममा झापा–११ फुटबल क्लबका अध्यक्ष जलकुमार गुरुङको प्रमुख आतिथ्यतामा खेल तालिका सार्वजनिक गरियो। झापा गोल्डकप अध्यक्ष विनोद बस्नेत, झापा कपका सल्लाहकार सन्तोष थोप्रा, र खेलकुद पत्रकार मञ्च झापाका अध्यक्ष इन्द्रजीत मुखियालगायतले पनि उपस्थिति जनाएका थिए। कार्यक्रम सञ्चालन सचिव चेतामणि खनालले गरेका थिए।

प्रतियोगितामा १० टोली सहभागी हुनेछन्:

आयोजक झापा–११ फुटबल क्लब, मोरङको एलएक्स सिटी फुटबल क्लबसिराहाको सलहेस युवा क्लब,काठमाडौँको एनआरटी फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड, इटहरीको राष्ट्रिय जागृति क्लब, दार्जिलिङको जिटिए,चित्लाङ फुटबल क्लब (काठमाडौं जिल्ला लिग च्याम्पियन),त्रिभुवन आर्मी क्लब, रुपन्देहीको गोर्खा ब्वाइज स्पोर्ट्स क्लब सहभागी हुनेछन्

पुरस्कार विवरण:

विजेता: नगद १० लाख, ट्रफी, मेडल, र प्रमाणपत्र, उपविजेता: नगद ५ लाख, प्लेयर अफ द म्याच: प्रत्येक खेलका लागि १० हजार नगद, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलकिपर: नगद ३५ हजार, उदीयमान खेलाडी (झापा ट्यालेन्ट): नगद ३५ हजार, सर्वोउत्कृष्ट खेलाडी (मष्ट भ्यालुएबल प्लेयर): नगद १ लाख।

विशेष तयारी: प्रतियोगिताको लागि १० हजार दर्शक अट्ने बेम्बो प्याराफिट निर्माण र खेल मैदान मर्मत कार्य सम्पन्न भएको छ। प्रतियोगिता पुस ८ गते सम्पन्न हुनेछ। झापा कपले स्थानीय खेलकुदको स्तर उकास्न र खेलाडीहरूको प्रोत्साहन गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
Sanjay poudyal

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago