बिर्तामोड, वीरता जेसिजले बिर्तामोड नगरपालिकाका स्नातकोत्तर अध्ययनरत विद्यार्थीहरू र आफ्ना सदस्यहरूका लागि नेतृत्व तथा व्यक्तित्व विकास तालिम प्रदान गरेको छ। कार्यक्रम बाल्मिकी एजुकेशन फाउन्डेसनको सभाहलमा सम्पन्न भएको थियो।
तालिमको प्रमुख प्रशिक्षक कान्तिपुर टेलिभिजनका कार्यक्रम प्रस्तोता तथा सञ्चारकर्मी रुपेश श्रेष्ठ रहनुभएको थियो। कार्यक्रममा प्रमुख अतिथिको रूपमा सन १९८९ का वीरता जेसिजका अध्यक्ष जेसी राजकुमार पोख्रेल ज्यू उपस्थित हुनुहुन्थ्यो। वीरता जेसिज वर्ष २०२४ का अध्यक्ष जेसी विकास बस्नेतको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।
कार्यक्रममा पत्रकार महासंघ झापाका अध्यक्ष तथा वीरता जेसिजका पूर्व अध्यक्ष जेसी एकराज गिरी, एमिटी कलेजका प्रिन्सिपल राधाकृष्ण ढकाल, नेकपा एमाले बिर्तामोड अध्यक्ष सुवास भट्टराई, वीरता लेडीकी अध्यक्ष मेनुका ओली, र अन्य व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
तालिम निर्देशनको जिम्मेवारी वर्ष २०२४ का तालिम निर्देशक जेसी वाप्पा साहले निर्वाह गर्नुभएको थियो। कार्यक्रममा जनसम्पर्क अधिकारी जेसी राज मुखियाले जेसिजको आस्थामाथि प्रकाश पार्नुभयो। उपाध्यक्ष जेसी सुशील थापाले मिशन र भिजन वाचन गर्नुभएको थियो भने कार्यकारी उपाध्यक्ष लोकचन्द्र श्रेष्ठले स्वागत मन्तव्य राख्नुभएको थियो।
कार्यक्रमका पार्टनरहरू: इन्सुरेन्स पार्टनर: नेको इन्सुरेन्स, एजुकेशन पार्टनर: बाल्मिकी लिंकन, सर्टिङ सुटिङ पार्टनर: न्यु सर्गम, आईटी पार्टनर: पा लिडिङ्ग रहेका थिए
कार्यक्रमको सञ्चालन महासचिव जेसी सुमन पोद्दारले गर्नुभएको थियो। यो तालिमले सहभागीहरूलाई नेतृत्व कौशल र व्यक्तित्व विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ ।
वीरता जेसिजद्वारा एक दिने नेतृत्व तथा व्यक्तित्व विकास तालिम बिर्तामोडमाका फोटो फिचर
काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…