फोरेक्स रेमिटेन्सद्वारा मोवाईल एप्लिकेसन संचालन

जापान । जापानबाट नेपाल लगायत विश्वका विभिन्न देशहरुमा पैसा पठाउँदै आइरहेको फोरेक्स रेमिटेन्सले मोवाईल एप्लिकेसन संचालनमा ल्याएको छ । ग्राहकहरुको सेवालाई अझ बढी  छिटो, छरीतो र सहज बनाउने उदेश्यले एन्ड्रोइड र आइफोनको लागि मोबाइल एप्लिकेसन संचालनमा ल्याएको हो ।

 ऐप्लिकेशन कम्पनीको ब्राण्ड  FJPAY को नामबाट playstore र apple स्टोरमा उपलब्ध छ । कम्पनीले एप्लीकेसन मार्फत कारोबार गर्ने ग्राहकवर्गहरुलाई उत्कृष्ट रेट सहितको सेवा प्रदान गर्ने कम्पनीका डाईरेक्टर बाबुराम पौडेलले जानकारी दिनुभयो । बिभिन्न उपहार योजनाहरु समेत संचालन गर्दै आएको फोरेक्स रेमीटले निकट भविष्यमै आफ्नै wallet सहितको सेवा विस्तार गर्ने पौडेलले जानकारी दिनुभयो । 

फोरेक्सले जापानमा रहेका नेपाली खेलाडीहरुको क्षमता अभिबृद्दी गर्नका लागी डाईमंड नारिता एफ सी संग सम्झौता गरेको छ । चिवामा रहेर फुटवल क्लब मार्फत विभिन्न खेलकुद क्षेत्रमा क्रियाशील रहेको उक्त डाईमंड नारिता एफ सी संग एक बर्षको लागी सम्झौता गरेको हो । शुक्रबार टोकियोको कामता स्थित फोरेक्स कम्पनीको कार्यालयमा एक कार्यक्रमको आयोजना गरी फुटबल क्लबका म्यानेजर नबीन दीप गुरुंग र फोरेक्सका डाईरेक्टर बाबुराम पौडेलले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन ।

Bishawas Acharya

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago