नेपाली बिद्यार्थी समाज जापान को आयोजना मा जापान मा अध्ययनरत नेपाली बिद्यार्थी हरु बिच जापानिज भाषा वक्तृत्व कला प्रतियोगिता हुँदै ।(आबेदन फारम विवरण सहित )

जापान । नेपाली बिद्यार्थी समाज जापान को आयोजना मा बिद्यार्थीको प्रतिभा उजागर गर्ने उद्देश्य ले २०२१ मार्च ७ का दिन अन्लाईन बाट जापान मा अध्ययनरत नेपाली बिद्यार्थी हरु बिच जापानिज भाषा वक्तृत्व कला प्रतियोगिता आयोजना गर्ने भएकोछ ।
नेपाली बिद्यार्थी समाज जापान को आयोजना मा बिद्यार्थीको प्रतिभा उजागर गर्ने उद्देश्य ले २०२१ मार्च ७का दिन वर्तमान अवस्थालाई मध्यनजर गर्दै ।अन्लाइन मार्फत जापान मा अध्ययनरत नेपाली बिद्यार्थी हरु बिच जापानिज भाषा वक्तृत्व कला प्रतियोगिता( Japanese language speech contest ) को आयोजना गर्ने तयारी पुरा भएको नेपाली बिद्यार्थी समाज जापान(नेसाज) का अध्यक्ष कृष्ण भुसाल ले जानकारी गराउनु भयो।यसै गरी नयाँ प्रबिधी को प्रयोग गरी आफ्नै स्थान बाट सहभागिता जनाउन सकिने भएकाले बिद्यार्थी हरुको उत्त्साहजन सहभागिता रहने अपेक्षा गरिएको कार्यक्रम सम्योजक सस्था का पुर्व अध्यक्ष एव बर्तमान सल्लाहाकार डा. सरोज कण्डेल ले बताउनु भयो।
सहभागीता जनाउन चाहनुहुने बिद्यार्थी हरुका लागि केही महत्वपूर्ण नियम तथा प्रकृया हरु निम्न बमोजिम छन्।
१)२०२१ जनवरी २० देखी फेब्रुअरी १५ सम्म मा ब्यानर मा रहेको QR कोड स्क्यान गरी या संस्थाको फेसबुक पेज मा रहेको फारम भरी सहभागिता का लागि आबेदन दिन सकिनेछ।
२)लेखन(साकुबुन)६०० देखी ८०० अक्षर सम्म्म को हुनु पर्नेछ।लेख लाई Pdf फाइल मा तयार गरी पठाउनु पर्ने छ।
३) भाषा स्कुल(नीहोङ्गो गाक्को), भोकेस्नल स्कुल(सेनमोन गाक्को ) तथा विश्वबिधालय(दाइगाकु) अध्ययन गर्दै गरेका बिद्यार्थी हरु सहभागि हुन सक्नु हुनेछ।त्यस मध्य भाषा अध्ययन गर्दै गरेका नयाँ बिद्यार्थी हरुलाई प्रोहोत्सान् स्वरुप स्वतह १० नम्म्बर प्रदान गरिने छ। ४)प्रस्तुती समय ६मिनेट प्रदान गरिनेछ।
५) बिषयबस्तु छनोट स्वतन्त्र हुनेछ यधपी कसैलाई राजनैतिक, धार्मिक, सास्कृतिक आस्था माथि असर पर्ने खालको आक्षेप लगाउन पाइने छैन। अन्य ब्यक्ती का अनुभ तथा लेख लाई हुबहु प्रतिलिपी(कपी)गर्न पाइने छैन।
६)छनोट हुनु हुने उत्कृष्ट १० जना को नाम २०२१ फेब्रुअरी २० सम्म मा प्रकाशित गरिने छ।
७)छनोट हुनु भएका उत्कृष्ट १० प्रतियोगी बिच २०२१ मार्च ७ आईतवार का दिन अन्तिम प्रतियोगिता गराइने छ।
८) प्रथम, द्वितीय र तृतीय लाई क्रमश ३५हजार, २५ हजार र १५ हजार नगद र प्रमाणपत्र प्रदान गरिने छ। यसैगरी सहभागिता जनाउने सम्पूर्ण लाई प्रोत्साहन स्वरुप सम्बन्धित क्षेत्र मा रहनु हुने नेसाज का प्रतिनिधि मार्फत प्रमाणपत्र हस्तान्त्रण गरिने छ। यसै गरी केही समस्या हरु परेमा नेसाजका प्रतिनिधि हरु सँग सम्पर्क गर्न महासचिव अजय रानाले अनुरोध गर्नु भएको छ।
Bishawas Acharya

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago