प्युठान । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई पुनः एकता गराउने भन्दै उपाध्यक्ष वामदेव गौतमले पार्टी एकता राष्ट्रिय अभियानसञ्चालन गर्ने चर्चा चलिरहेका बेला प्युठानमा कमिटी नै गठन भएको छ ।
पार्टी एकताका लागि दबाव सिर्जना गर्न भन्दै १०१ सदस्यीय कमिटी गठन गरिएको हो ।
एकता पक्षधरका अगुवा कार्यकर्ताको भेलाले टिकाबहादुर गुरुङको संयोजकत्वमा कमिटी गठन गरेको सचिव इमानसिंह भारतीले बताए। भेलाले पार्टी विभाजनबाट रोक्न दबाव सिर्जना गर्ने निर्णय गरेको उनले बताए ।
भेलाले गरेका निर्णयहरु पार्टी केन्द्रीय कार्यालय र जिल्ला कार्यालयमा पठाइनेछ ।
‘दुवै पक्षका भेला सभाहरुमा नेताहरुको अभिव्यक्तिमा प्रयोग गरिने शब्दहरु पार्टी तथा आम कार्यकर्ताका मनोभावनामा चोट पुग्नेखालका भएकाले दुःख व्यक्त गर्ने र यस्ता शब्द प्रयोग नगर्न अनुरोध गर्ने निर्णय गरेका छौं,’ सचिव भारतीले भने, ‘पार्टी एकताका आधारपत्र र आचारसंहिता तयार गरी हस्तान्तरण गर्ने योजनामा छौं ।’
काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…