५ जेठ, काठमाडौं । आगामी जुन ११ देखि जुलाई ११ सम्म आयोजना हुने युरोकपको लागि स्वीडेनको टिम घोषणा भएको छ । मुख्यप्रशिक्षक जान एण्डरसनले मंगलबार २६ सदस्यीय टोली घोषणा गरेका हुन् ।
आन्द्रेस ग्रानभिस्टको कप्तानीमा घोषित टोलीमा भेट्रान फरवार्ड ज्लाटन इब्राहिमोभिच भने छैनन् । इटालियन क्लब एसी मिलानका लागिखेल्दै आएका इब्राहिमोभिचले चोटका कारण यसअघि नै युरो नखेल्ने बताइसकेका छन् ।
सन् २०१६ मा सन्यास लिएका इब्राहिमोभिचले ५ वर्षपछि सन्यास फिर्ता गर्दै स्वीडेनका लागि खेलेका थिए । तर युरोकप खेल्ने उनकोचाहना यसपटक पूरा नहुने भएको हो ।
स्वीडेनको टिममा ३ गोलकिपर, ९ डिफेण्डर, १० मिडफिल्डर र ४ फरवार्ड छन् ।
समूह ‘ई’ मा रहेको स्वीडेनले पोल्याण्ड, स्पेन र स्लोभाकियासँग खेल्नेछ ।
मिनी विश्वकपको रुपमा परिचित युरोकपको १६औं संस्करण युरोपको विभिन्न देशका ११ शहरमा हुँदैछन् । प्रतियोगिताको ६०औंवर्षगाँठको रुपमा यसपटक धेरै देशमा युरोकप हुन लागेको छ ।
स्वीडेनको टिम
गोलकिपर : रोबिन ओल्सन, कार्ल योहान जोहानसन, क्रिस्टोफर नोडफेल्ट
डिफेण्डर : मिकेल लुस्टिग, भिक्टोर लिन्डेलोफ, आन्द्रेज ग्रानभिस्ट, मार्टिन ओल्सोन, लुडविग अगस्टिनसन, फिलिप हेलान्डर, एमिलक्राफ्ट, पोन्टुस जानसन, मार्कुस डानिएलसन
मिडफिल्डर : सेबास्टियन लार्सन, अल्बिन एकदाल, एमिल फोसवर्ग, गुस्ताभ स्भेनसन, डेजान कुलुसेभ्स्की, केन सेमा, भिक्टोर क्लासेन, मिथियस स्भानवर्ग, क्रिस्टोफर ओलसोन, जेन्स काजुस्ट
फरवार्ड : मार्कुस बर्ग, एलेक्जान्डर इसाक, रोबिन क्वाइसन, जोर्डन लार्सन
जापान । जापानबाट नेपाल लगायत विश्वका विभिन्न देशहरुमा पैसा पठाउँदै आइरहेको फोरेक्स रेमिटेन्सले मोवाईल एप्लिकेसन…
बिर्तामोड। अनारमनी सोशल यूथ क्लबले आयोजना गरेको बिर्तामोड रनको तेस्रो संस्करण आगामी १४ कार्तिक २०८१…
दमक, उत्प्रेरक उद्यमी समाज बिर्तामोड ४, झापाको दोस्रो वार्षिक साधारण सभा आज सफलतापूर्वक सम्पन्न भएको…
काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सहकारी ठगी प्रकरणमा प्रहरीले शुक्रबार पक्राउ गरेको…
काठमाडौ: समकालीन विश्वमा चीन दोस्रो ठूलो कार बजार र अर्थतन्त्रको आकारमा पनि दोस्रो स्थानमा रहेको…
काठमाडौ। लण्डन, ओन्टारियोको प्रतिष्ठित म्युजिक हलमा हुन लागेको नेपाली गायक सबिन राई एण्ड द फरोजको…