स्वास्थ्य तर्फका कर्मचारीको समायोजन : प्राथमिकतामा प्रदेशबाट स्थानीय तहमा जानेहरू

काठमाडौं स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्यतर्फका कर्मचारी समायोजन मिलानका लागि  फागुन १६ गतेसम्म  निवेदन मागगरेको  कर्मचारी समायोजन/मिलानसम्बन्धी मापदण्ड, २०७७ मा व्यवस्था भएअनुसार समायोजन मिलानको लागि इच्छुककर्मचारीले तोकिएको ढाँचाको आवेदन सहमति पत्रसहित निवेदन दिन मन्त्रालयले आग्रह गरेको हो

कर्मचारी समायोजन प्रक्रिया चलिरहेको समयमा कोभिड१९ महामारी आएपछि सरकारले स्वास्थ्य सेवाका कर्मचारीलाई जो जहाँ त्यहीँ बसेर काम गर्न निर्देशन दिएको थियो

जसका कारण स्वास्थ्य समायोजनले पूर्णता पाएको थिएन कतिपयको समायोजन निर्णय भए तापनि पत्र लिइसकेका थिएनन् भनेकतिपय दरबन्दी नभएका ठाउँमा बढी समायोजन भएका थिए

अन्य सेवाका कर्मचारीको समायोजन मिलान संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरिरहेको तर स्वास्थ्य सेवाकाकर्मचारीको समायोजन मिलानका लागि सामान्यले विशेष अधिकार नै दिएर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई आफैँ गर्न भनेकोस्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रशासन महाशाखा प्रमुख दामोदर रेग्मीले जानकारी दिए

धेरै समूह विधाका कर्मचारी भएका कारण पनि अन्य समूहभन्दा स्वास्थ्य सेवाको कर्मचारीको समायोजन सुरुवाती चरणबाटै जटिलबन्दै गएको थियोउनले भने, ‘योजना अनुसार काम अघि बढ्यो भने फागुन महिनाभित्रमा हामी समायोज मिलान सक्छौं

स्वास्थ्य सेवामा २९ समूह, ४४ विधा गरी ३२ हजार कर्मचारी कार्यरत छन् तिनै कर्मचारीले संघबाट प्रदेश स्थानीय तह, प्रदेशबाटप्रदेश, प्रदेशबाट स्थानीय तह तथा स्थानीय तहबाट स्थानीय तहमा समायोजन/ मिलानको लागि निवेदन दिन सक्नेछन् समायोजनमाजान जाहेको कर्मचारीले समायोजनमा जान चाहेको स्थानमा दरबन्दी रिक्त हुनुको साथै समायोजन भएको तहबाट अहिले समायोजनहुन चाहेको तहको पूर्वसहमतीको पत्र बुझाउनु पर्नेछ त्यसैगरी, संघका कर्मचारी स्थानीय तहमा जादाँ जागिर खाएको अवधि वर्षपुगेको हुनुपर्नेछ

कर्मचारी समायोजन/मिलान गर्नको लागि  मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेलको संयोजकत्वमा सदस्यीय समायोजनमिलान सिफारिस समिति बनाएको मन्त्रालयका प्रशासन महाशाखा रेग्मी बताउँछन्

रेग्मीका अनुसार २९ माघमा स्वास्थ्य मन्त्रीस्तरीय निर्णय गरी बनेको स्वास्थ्य सेवा कर्मचारी समायोजन मिलान व्यवस्थाअनुसार कामगर्नका लागि सो समिति बनाइएको हो

समितिमा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दिपेन्द्र रमण सिंह, आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका महानिर्देशक डा. वासुदेव उपाध्यय, औषधि व्यवस्था विभागका महानिर्देशक भरत भट्टराई, मन्त्रालयका कर्मचारी प्रशासन महाशाखाका प्रमुख सहसचिवरेग्मी, कानुन शाखाका उपसचिव मानबहादुर क्षेत्री कर्मचारी प्रशासन महाशाखाका उपसचिव सदस्य रहेका छन्

सो समितिलाई समायोजन मिलानका लागि प्रक्रिया पुगेर आएका निवेदनलाई स्वीकृत गर्ने, माग भएअनुसार कागजपत्र नभएकालाई पुनःकागजात मागी निर्णय गर्ने, विशेष अवस्था (फाजिलमा रहेका, दरबन्दी बढी भएका ठाउँमा रहेर समस्या भएका, पहिले पत्र नुबझेका, स्थान फरक परेका आदि) रहेकाहरुको निर्णय गर्ने अधिकार दिइएको त्यसैगरी प्रक्रिया नपुगेकाको समायोजन मिलान रद्द गर्ने, पुरानो दरबन्दीमा रहेको तर नयाँमा जाने अवस्था नभएकोलाई रद्द गर्ने अधिकार

मन्त्रालयले समायोजनको पहिलो प्राथमिकतामा प्रदेशबाट स्थानीय तहमा जान चाहने कर्मचारीलाई राखेको त्यसैगरी प्रदेशबाटसंघ, प्रदेशबाट प्रदेश, संघबाट संघका कर्मचारी त्यसपछिका समायोजन मिलानका प्राथमिकतामा छन् प्रशासन प्रमुख रेग्मीले भने,  ‘कर्मचारी समायोजन/मिलान सम्बन्धी मापदण्ड, २०७७ अनुसार हामीले कर्मचारी समायोजन मिलान गर्ने भए तापनि त्यसको सम्पूर्णअधिकार स्वास्थ्य मन्त्रालयलाई , केही निर्णय मन्त्रालय आफैँले गर्न सक्छ

समायोजन ऐन २०७४ अव्यावहारिक

समायोजन ऐन२०७४ व्यावहारिक नभएको भन्दै धेरै गुनासो परेपछि २०७७ भदौ १को मन्त्रीस्तरीय निर्णय गरी समस्या सम्बोधन गर्नसमायोजन मिलान गर्न सक्ने निर्णय गरेको थियो त्यतिबेला संघ, प्रदेश स्थानीय तहमा समायोजन गर्ने निर्णय गरिएको थियो

पुरानो ऐन अव्यावहारिक रहेको निष्कर्ष निकालेपछि सामान्य प्रशासन मन्त्रालयले माघमा कर्मचारी समायोजन मिलानसम्बन्धीकार्ययोजना ल्याएको थियो त्यसमा स्थानीय तहमा जाने कर्मचारीले जाने छोड्ने दुवै तहका प्रमुख प्रशासकीय प्रमुखको हस्ताक्षरभएको खाली दरबन्दीको पत्र पेस गर्नुपर्ने, संघको कर्मचारी प्रदेश या स्थानीय तहमा जाने हुँदा कम्तीमा वर्ष कार्यवधि भएको हुनुपर्ने, समायोजनमा चित्त नबुझी अदालतबाट स्टे अर्डर पाएका कर्मचारीको पूर्ण फैसला आउँदाका बखतकै लागू हुनेगरी तत्काल मिलान गरिने स्वास्थ्य सेवाका कर्मचारीको मिलानको हकमा मन्त्रालयले आफैँ मापदण्ड तय गर्ने उल्लेख

sp sp

Recent Posts

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago