काठमाडौं । इटालीको एकाधिकार विरोधी नियामकले सामाजिक सञ्जाल फेसबुकलाई ८५ लाख डलर जरिवानाको निर्णयगरेको छ । बुधबार इटालीको नियामकले प्रयोगकर्ताको विवरणमा गैरव्यावसायिक अभ्यास सच्याउन गरेको आग्रह पालना नगरेको भन्दैफेसबुकमाथि जरिवानाको निर्णय गरेको हो । यसअघि सन् २०१८ नियामकले फेसबुकले प्रयोगकर्तालाई उनीहरुको विवरण प्रयोग हुनेगरेको विषयमा सही तरिकाले सूचना नदिइने गरेको भन्दै उक्त कदम सच्याउन निर्देशन दिएको थियो ।
नियामकले फेसबुकलाई सुधार गरिएको जानकारी इटालीका प्रत्येक प्रयोगकर्ताको होमपेजमा आउने बनाउन माग गरेको थियो रयसअघि राम्रोसँग सूचना नदिई विवरणहरु संकलन गरिएको विषयमा ५५ लाख डलर जरिवाना गरेको थियो । यद्यपि नियामकले गरेकोअनुसन्धानमा भने फेसबुकले नियामकको निर्देशन पालना नगरेको पाइएको थियो ।
फेसबुकले भने यो निर्णयको पुनरवलोकनको लागि निवेदन दिने बताएको छ । साथै उसले यसअघि नै नियामकले यसअघि दिएकोनिर्देशन पनि पालना गरेको पनि दाबी गरेको छ ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…