आजको पञ्चाङ्ग सहित तपाइको राशिफल

ज्यो. जयराम सापकोटा, पाल्पा ।
आज मिति २०७७ साल फाल्गुन २१ गते शुक्रबार, तदअनुसार २०२१ मार्च ५ तारिख, सुर्य उत्तरायण शिशिर ऋतु, फाल्गुन कृष्णपक्ष सप्तमी तिथि अनुराधा नक्षत्र, वृश्चिक रासी,आउनुहोस शन्तोषीमाताको दर्शन सँगै आजको दिनको शुभारम्भ गरौ।
मेष:- चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आजको दिन अनावश्यक ठाउँमा धन खर्च हुन सक्ला तपाईको विचार विपरित निर्णय हुनेछ । कामहरु अधुरै रहलान् । वैदेशिक क्षेत्रमा समय प्रतिकुल रहला ।
वृष:- इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
आज राम्रो लगानीको अवसर बन्नेछ । मुद्धा मामिलामा सफलता पाईनेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । तपाइको शुभ कार्यको चर्चा पनि चल्नेछ ।

मिथुन:- का, कि, कु, घ, ङ, छ, के, को, हा
सहि ठाउमा बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्नेछ । आज नसोचेको ठाउमा अतिथिको रूपमा सत्कार पाइएला भने आज साथी र आफन्तको सहयोग प्राप्त हुने योग रहेकोछ ।

कर्कट:- हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आजको दिनमा नयाँ वस्त्र,गहनाआदिको प्राप्ति हुनेछ । सामाजिक र धार्मिक कार्यबाट सन्तोष मिल्नेछ, तर हौच्चैमा अरुलाई वचन दिने बानीले अप्ठ्यारो पार्न सक्नेछ ।

सिंह :- मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आज नयाँ कामको थालनी हुनेछ । वैदेशिक कार्य अघी बढ्नेछ । बित्तिय संस्था बाट सहयोग पाईनेछ । आँटेको र ताकेको कार्य पुरा हुने सँभावना रहेकोछ ।

कन्या:- ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज प्रेमीको सहयोग प्राप्त हुनेछ । सांगीतिक क्षेत्रमा रुची बढ्नेछ । स्वास्थ्यमा सुधार आउला । आफन्त साथी वा वित्तिय संस्थाबाट सहयोग पनि पाईनसक्नेछ

तुला:-(रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
कला र गलाको प्रभाव बढ्नेछ । अचल सम्पत्ती हात पर्ने योगछ । आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ नयाँ ज्ञान सिक्ने अरुलाई पनप सिकाउने सुनौलो मौका मिल्नेछ ।

वृश्चिक:- (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
अरुलाई प्रभावित पारेर आफ्नो काम वनाउने अवसर प्राप्तहुने योग छ । तपाइको प्रगति विवरणको क्षेत्रमा प्सफलता हुनेछ । बन्धु बान्धव र साथीबाट सहयोग मिल्नेछ । छोटो धार्मिक यात्राको योग पनि रहनेछ ।

धनु:- ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
आज खानपिनमा सजकता अपनाउनु पर्नेछ, पेटमा समस्या आउन सक्नेछ । मनमा सोचेको योजनामा सङ्का उत्पन्न हुनेछ । अनावश्यक धन खर्च हुनेछ । आफूलाई कमजोर भएको अनुभूति हुनेछ ।

मकर:- भो,जा,जि,ख,खि,खु,खे,खो,गा,गि
आज राजनीति अधिकारमा सफलता मिल्नेछ । अरुलाई वचनले प्रभावित पारेर काम बनाउन सकिने समयछ । स्त्री वा मित्रबाट विशेष सहयोग पनि मिल्नेछ

कुम्भ:- गु, गे, गो, सा, सि, सु, से, सो, दा
आज दिउँसो पख शुभ समाचार सुन्न पाइएला छरछिमेकका काममा वा धार्मिक कार्यमा रुची बढ्नेछ आजको दिन पुराना साथी सँगको भेटले मनोरन्जन प्रदान गर्नेछ भने शिक्षा क्षेत्रमा सफलता मिल्नेछ ।

मीन:- दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
आज थोरै लगानीवाट पनि धेरै फाईदा हुनेछ पुराना वल्झेका कामहरु अगाडी बढ्नेछन । गुरुजन वा सो सरहका व्यक्तिवाट वौद्धिक सहयोग मिल्ला व्यवसाय सफलता तर्फ जाला र सोचे अनुसारको सफलता मिल्नाले मन प्रसन्न रहला ।
“सर्वे भवन्तु सुखिन: सर्वे सन्तु निरामया”

bhabindra gautam

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago