फाइल फोटो
काठमाडौं, फागुन २० । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री टोपबहादुर रायमाझीले प्रधानमन्त्री केपी शर्मा ओली विकास र समृद्धिको नायक भएको दाबी गरेका छन् ।
सुनकोशी-मरिन बहुउद्देश्यीय आयोजना शिलान्यास समारोहलाई बिहीवार सिन्धुलीमा सम्बोधन गर्दै रायमाझीले यस्तो दाबी गरेका हुन् ।‘कतिपयले तपाईंहरूले केपी शर्मा ओलीलाई किन समर्थन गर्नुभयो भनेर भन्नुहुन्छ,’ ओलीलाई समर्थन गर्नको कारण खुलाउँदै रायमाझीले भने, ‘उहाँ विकास र समृद्धिको नायक हो । ज्यादै प्रतिकूल अवस्थामा, छोटो अवधिमा समृद्ध नेपाल, सुखी नेपाली बनाउने अभियानका साथ अगाडि बढिहरनुभएको छ ।’
पूर्व माओवादी खेमाका नेता रायमाझी प्रतिनिधि सभा विघटनपछि ओली पक्षमा लागेका थिए । यद्यपि अहिले सर्वोच्च अदालतले प्रतिनिधि सभा पुन:स्थापना गरिसकेको छ ।
काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…