Categories: मौसम

तीन दिन वर्षा र हिमपातको पूर्वानुमान

काठमाडौँमंगलबारसम्म देशका विभिन्न स्थानमा वर्षा हिमपातको हुन सक्ने जल तथा मौसमपूर्वानुमान महाशाखाले जनाएको

मुलुकभर पश्चिमी वायुको प्रभाव कायमै रहकाले आजदेखि मंगलबारसम्म सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेशका उच्च हिमाली भूभागमा हल्का हिमपात तथा पहाडी भूभागमा हल्कावर्षाको सम्भावना रहेको महाशाखाले जनाएको

फोटो फाईल

तीन दिनसम्म हिमपात वर्षा हुँदा तापक्रम घट्ने भएकाले चिसोबाट बच्ने उपाय अपनाउन मौसमविद्लेसुझाव दिएका छन्।

तापक्रममा कमी साथै सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश गण्डकी प्रदेशमा हल्कादेखि मध्यम वर्षाहुने त्यस क्षेत्रमा अझ चिसो बढ्ने हुनाले चिसोबाट बच्न तथा तराई पहाडी भूभागका केहीस्थानहरूमा बिहानीपख हुस्सु/कुहिरोका कारण वायुको पारदर्शितामा कमी हुन गई सडक तथा हवाईयातायातसमेत प्रभावित हुने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन हुन सबैमा अनुरोध ,’ मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घण्टाका लागि जारी गरेको चेतावनी तथा परामर्शमाभनिएको

अहिले सुदूरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी बागमती प्रदेशमा मौसम आंशिकदेखि सामान्यबदली भने प्रदेश नं मा आंशिक मात्र बदली छ।

महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा गरिएको तीन दिनको पूर्वानुमान विवरण यस्तो

पुस १९ गते (आइतबार)

दिउँसो : देशभर आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकीप्रदेशका उच्च हिमाली भूभागमा हल्का हिमपातका साथै सुदूरपश्चिम प्रदेश   कर्णाली प्रदेशकापहाडी भूभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ।

राति : देशभर आंशिक देखि सामान्य बदली रही सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेशका उच्च हिमाली भूभागमा हल्का देखि मध्यम हिमपातको साथै सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेशका थोरै स्थानहरुमा लुम्बिनी गण्डकी प्रदेशका एक दुइ स्थानमा हल्का वर्षाकोसम्भावना रहेको छ।

पौष २० गते (सोमबार)

दिउँसो : देशभर आंशिक देखि सामान्य बदली रही सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेशगण्डकी   बागमती प्रदेशका उच्च हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपातको साथै  सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेशका पहाडी भूभागहरुका केही स्थानहरु तथा बागमती प्रदेश . १कोभूभागहरुका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।

राति : देशभर आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेशगण्डकी   बागमती प्रदेशका उच्च हिमाली भूभागमा हल्का देखि मध्यम हिमपातको साथै सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेशका पहाडी भूभागहरुका केही स्थानहरु तथा बागमती प्रदेश . कोभूभागहरुका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।

पौष २१ गते (मंगलबार)

दिउँसो : देशभर आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम, कर्णाली, गण्डकी , बागमती प्रदेशतथा प्रदेश नं का उच्च हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपातको साथै सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेशका पहाडी भूभागहरुका थोरै स्थानहरु तथा बागमती प्रदेश . कोभूभागहरुका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

राति : देशभर आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम , कर्णाली, गण्डकी, बागमती प्रदेश तथाप्रदेश नं का उच्च हिमाली भूभागमा हल्का हिमपातको साथै  सुदूरपश्चिम प्रदेशका पहाडी भूभागहरुका केही स्थानहरु हल्का वर्षाको सम्भावना रहेको छ।

sp sp

Recent Posts

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago

नेपालको पहिलो महिला प्रधानमन्त्री सुशीला कार्कीले शपथ ग्रहण

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शीतनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ ग्रहण…

56 years ago

खुल्यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

२५ भदौ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारु भएको छ । विमानस्थल सुरक्षा समितिको बैठकले…

56 years ago