ओखलढुंगामा पहिरोले २ जना बेपत्ता,२ को मृत्यु

झापा। ओखलढुंगाको चम्पादेवी गाउँपालिका ८ बिलन्दुमा बिहीबार राति पहिरो जाँदा ३ घर बगाएको छ ।

पहिरोमा परी २ जनाको मृत्यु भएको छ भने २ जना बेपत्ता भएका छन् ।पहिरोले घर पुरिँदा स्थानीय ३६ वर्षिय रणबहादुर गुरुङ र उनकी पत्नी ३१ वर्षिया शिवमाया गुरुङको मृत्यु भएको हो ।

त्यसैगरी उनका छोरा १० वर्षिय दिनेश गुरुङ र १८ महिनाकी छोरी कृतिका गुरुङ बेपत्ता छन् । बेपत्ताको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी दिपकबहादुर केसीले बताए ।

स्थानीय अन्य २ जना बलबहादुर गुरुङ र जरसिंह गुरुङको घर बगाए पनि परिवारका सदस्यहरु भागेर जोगिन सफल भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

राति नै स्थानीयले प्रहरीलाई पहिरोबारे जानकारी दिएपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायतको टोली घटनास्थल पुगेर स्थानीयसहित उद्धारमा खटिएका थिए । उद्धारका लागि थप प्रहरी समेत जिल्लाबाट खटिएर घटनास्थलतर्फ गइरहेको प्रहरीले जनाएको छ ।

Sanjay poudyal

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago