Categories: समाज

सञ्चारकर्मी पचभैया सम्मानित

पाल्पा शिक्षा स्वास्थ्य तथा साहित्य प्रतिष्ठान नेपालले श्रीनगर एफएमका स्टेसन म्यानेजर तथा संचारकर्मी देव पचभैंयालाइ सम्मानगरेको प्रतिष्ठानले संचारकर्मी पचभैंयालाइ शक्तिराज रेग्मी सञ्चार सेवा सम्मानबाट सम्मान गरेको हो दुइ दशकदेखि निरन्तरपत्रकारिता क्षेत्रमा क्रियाशिल रही समाजका लागि योगदान  गरेको भन्दै पचभैंयालाइ दोसल्ला, नगद प्रमाणपत्रले सम्मान गरिएको हो  यस्तै यस वर्षको कमलराज रेग्मी वर्ष पुरस्कार समाजसेवी राधा भारतीलाई प्रदान गरेको शनिबार रेडक्रम भवनमा प्रतिष्ठानको १५औं वार्षिक दिवस समारोह, ९२ औं कुलमणि देवकोटा जन्मजयन्ती, कमलराज रेग्मी वर्ष पुरस्कार, सम्मान पुरस्कार तथा छात्रवृत्तिवितरण समारोहको आयोजना गरी प्रतिष्ठानद्वारा भारतीलाई उक्त पुरस्कार प्रदान गरिएको हो प्रतिष्ठानका संरक्षक एवम् वरिष्ठमुटुरोग विशेषज्ञ प्रा.डा. प्रकाशराज रेग्मीद्वारा आफ्नो प्रातःस्मरणीय पिता राजनीतिज्ञ, साहित्यकार कमलराज रेग्मीको स्मृतिमा स्थापनागरिदिनुभएको पुरस्कारको राशी २५ हजार नगद सहित अभिनन्दन पत्र रहेको समाजसेवा, शिक्षा सेवा, अभिप्रेरणा पक्ष, कमलराजरेग्मीको ऐतिहासिक योगदानबारे जानकार रहनुभएकी भारतीलाई यो पुरष्कार प्रदान गरिएको प्रतिष्ठानका अध्यक्ष पुष्करराज रेग्मीलेजानकारी दिनुभयो रेग्मीका अनुसार विगत तीन वर्षदेखि प्रदान गर्दै आएको यस पुरस्कारबाट साहित्यकार झपेन्द्रबहादुर जिसी, वैद्यराजविश्वराज बज्राचार्य यस अघि पुरस्कृत भइसक्नुभएको सोही अवसरमा शिक्षा, स्वास्थ्य, साहित्य, सञ्चार, स्वयम्सेवाको क्षेत्रमाउल्लेखनीय योगदान पु¥याएका विभिन्न व्यक्तित्वहरूलाई समेत सम्मान गरिएको सम्मानित व्यक्तित्वहरूमा कुलमणि देवकोटास्मृति प्रतिभा पुरस्कारबाट पवन कुमारी देवी श्रेष्ठ (मरणोपरान्त), जगतबहादुर जोशी स्मृति पुरस्कारबाट पुष्पलता श्रेष्ठ (मरणोपरान्त), जगत कूलमणि कविन्द्र त्रिनक्षत्र पुरस्कारबाट वि.के. पाल्पाली, विमला रेग्मी स्वास्थ्य सेवा पुरस्कारबाट मिना राना थापा सम्मानितहुनुभयो प्रतिष्ठानले इन्द्रलाल भारती शिक्षा सेवा सम्मानबाट शिक्षासेवी नवराज शर्मा राधाबद्री स्वयमसेवा सम्मान रुद्रराज रेग्मीलाईप्रदान गरेको यस्तै दिनानाना स्मृति सेवा सम्मान छविलाल भुसाललाई प्रदान गरिएको प्रतिष्ठानले जनाएको बालहरी स्वास्थ्यसेवा सम्मान तुलसीप्रसाद न्यौपाने तुलठगी शैक्षिक पुरस्कारबाट विज्ञा तिमिल्सेना सम्मानित हुनुभएको कार्यक्रमका प्रमुख अतिथिसाहित्यकार पद्मनाथ शर्मा प्रतिष्ठानका अध्यक्ष पुष्करराज रेग्मीले संयुक्त रूपमा खादा, नगद तथा सम्मानपत्रले सम्मान गर्नुभएकोथियो पुरस्कृत तथा सम्मानित व्यक्तित्वको संक्षिप्त जानकारी प्रस्तुत गर्दै प्रतिष्ठानका सदस्य भोजराज भट्टराईले पाँच सदस्यीयसमितिले विभिन्न मापदण्डका आधारमा सम्मानित तथा पुरस्कृत व्यक्तित्वहरू चयन गरेको जानकारी दिनुभयो कार्यक्रममासाहित्यकार पद्मनाथ अर्याल, ज्ञानेन्द्र श्रेष्ठ, रामप्रसाद अर्याल, सञ्चारकर्मी देव पचभैया, गुणवती केसी, अक्षयकोष दाता त्रिलोचनपौडेल, नेपाल नागरिक समाजका तर्फबाट चित्रवलीराम सुवाल लगायतका वक्ताहरूले संस्थाले पाल्पालीहरूको पहिचान राष्ट्रियस्तरमापु¥याएकोमा प्रशंसा व्यक्त गर्नुभयो प्रतिष्ठानका अध्यक्ष पुष्करराज रेग्मीको अध्यक्षता, कोषाध्यक्ष विनोद भारतीले आर्थिक प्रतिवेदन, उपाध्यक्ष रोहितप्रसाद ज्ञवालीको स्वागत मन्तव्य प्रस्तुत गर्नुभएको कार्यक्रमको सञ्चालन महासचिव चन्द्रकान्त न्यौपानले गर्नुभएकोथियो

sp sp

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago